Logo बुधवार, श्रावण १३ गते २०८३
images

बाटाे बिराएका नेता कार्यकर्तालाई सच्चिएर आउन केपी शर्मा ओलीको अपिल

बाटाे बिराएका नेता कार्यकर्तालाई सच्चिएर आउन केपी शर्मा ओलीको अपिल

  • 3.0K
    SHARES

  • बाटाे  बिराएका नेता कार्यकर्तालाई सच्चिएर आउन केपी शर्मा ओलीको अपिल

    बुटवल,फागुन २९ - 

    नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएका नेता कार्यकर्तालाई सच्चिएर आउन अपिल गर्नुभएको छ ।

    अनेमसंघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै गलत नियत नराखी फर्कन अपिल गर्नुभयो ।

    ‘बाटो बिराएकालाई सच्चिएर आउन आग्रह गर्दछु,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘केपी ओलीलाई ठेगान लगाउनेको खुट्टी देख्दै पत्याइयो । केपी ओलीलाई ठेगान लगाउन आउनेलाई बाटोमै ठेस लाग्छ । आग्रह, भ्रम तोडेर आउन, एकजुट भएर आउन, अलमलमा नपर्न आग्रह गर्दछु ।’

    प्रधानमन्त्री ओलीले नेकपा एमाले पनि नेकपा नै भएको बताउँदै एकीकरणमा आउनुभएका माओवादी केन्द्रका कार्यकर्तालाई पनि एमालेमै फर्कन आहवान गर्नुभयो । ‘माओवादी केन्द्रका साथीहरुलाई एकता कायम राखेर आउन आग्रह गर्दछु,’ उहाँले भन्नुभयो, ‘म तपाईंहरुलाई वेलकम गर्छु, सँगै मिलेर अघि बढौं ।’

    आफूलाई हटाएर कतिपय नेताहरुले अरु कसैका लागि सजिलो बनाउन सरकार बनाउने गलत नियत राखेको प्रधानमन्त्रीको भनाइ छ । ‘देश बनाउने होइन, नरम तकियामा बसेर अरु कसैलाई कम्पर्टेबल सरकार बनाउनेहरुले चाखिसक्नुभयो, यो पार्टी बर्बाद पार्न सजिलो रहेनछ,’ प्रधानमन्त्रीले भन्नुयभो ।’

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology