चितवन,फागुन २७ -
कृषि तथा वन बिज्ञान विश्वबिद्यालयले लिएको बिएस्सी फरेष्ट्री संकायको प्रवेश परीक्षामा चितवनको वेभ एजुकेशनल एकेडेमीले उत्कृष्ट नतिजा हासिल गरेको छ ।
नेपालभरबाट १ हजार बढी सहभागी बिद्यार्थी मध्ये चितवन भरतपुरमा रहेको (वेभ) WAVE Educational Academy का मनोज श्रेपालीले टपेका हुन् । त्यस्तैगरी छात्रा तर्फबाट पनि वेभकै गिता तिवारी उत्कृष्ट भएकी हुन् । विश्वबिद्यालयको नतिजा अनुसार टप टेनमध्ये टप सेभेन वेभकै रहेको संस्थाका प्रबन्ध संचालक सुरज ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिए ।
बिगतमा जस्तै यसपाली पनि सर्वोत्कृष्ट नतिजा ल्याएकोमा उनले बिद्यार्थी र अभिभावकलाइ समेत धन्यबाद र बधाइ दिएका छन् । नतिजा उत्कृष्ट आएपछि वेभ एजुकेशनल एकेडेमीले सफल भएका सबै बिद्यार्थीलाइ बधाइ समेत दिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका हरेक संकाय र एएफयूमा वेभले लगातार उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।
याे पनि :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)