Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

भिमसेन नेवाः मयजू पुचःद्वारा बुटवलमा एक हप्ते ह्याप्पिनेस कार्यक्रम

भिमसेन नेवाः मयजू पुचःद्वारा बुटवलमा एक हप्ते ह्याप्पिनेस कार्यक्रम

  • 2.4K
    SHARES

  • भिमसेन नेवाः मयजू पुचःद्वारा बुटवलमा एक हप्ते ह्याप्पिनेस कार्यक्रम

    बुटवल,फागुन २६-

    भिमसेन नेवाः मयजू पुचः बुटवलले एक हप्ते ह्याप्पीनेस कार्यक्रम आयोजना गरेको छ ।

    ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ संसारभर मनाइएको १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिलाको खुशीका लागि र स्वस्थ रहन आवश्यक छ भन्ने सन्देश दिन कार्यक्रमको आयोजना गरिएको पुचले जनाएको छ ।

    समाजका बरिष्ठ सल्लाहकार तथा समाजसेबि कल्पना जोशीले महिलाहरु स्वस्थ रहन आवश्यक रहेको बताइन् ।  बिभिन्न संघ सस्थाहरुले क्षमता अभिबृद्धि र गोष्ठीको आयोजना गरिरहेको बेलामा मयजू पुचले कसरी स्वस्थ र खुशी रहन सकिन्छ भनेर ह्याप्पीनेस कार्यक्रमको आयोजना गरेको भन्दै प्रशंसा  गरिन् ।

    पुचका सदस्यहरु सहभागी कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष धनु श्रेष्ठले ह्याप्पीनेस कार्यक्रमले महिलाहरुमा सकारात्मक सोचको बिकाशसंगै स्वस्थ कसरी रहन सकिन्छ भन्ने जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताइन् ।

    कार्यक्रम एकहप्ता सञ्चालन हुने छ । ह्याप्पीनेस कार्यक्रममा आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक भारती जोशी र प्रशिक्षक श्रीजना गिरीले जीवनमा खुशी कसरी मिल्दछ, महिलालाई योगाको आवश्यकता, महत्व र सकारात्मक सोचको बिकास कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिने छिन् ।

    भिमसेन नेवा समाजका उपाध्यक्ष शारदा श्रेष्ठको स्वागत, सचिव बबिता श्रेष्ठको सञ्चालन, अध्यक्ष धनु श्रेष्ठको अध्यक्षताका भएको कार्यक्रममा संस्थाका सल्लाहकार अन्जुलता श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology