Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीबाट सिमेन्ट बाेकेर काठमाडौं हिडेको ट्रक धादिङको बेनीघाटमा दुर्घटना,२ जनाको मृत्यु

रूपन्देहीबाट सिमेन्ट बाेकेर काठमाडौं हिडेको ट्रक धादिङको बेनीघाटमा दुर्घटना,२ जनाको मृत्यु

  • 2.9K
    SHARES

  • रूपन्देहीबाट सिमेन्ट बाेकेर काठमाडौं हिडेको ट्रक धादिङको बेनीघाटमा दुर्घटना,२ जनाको मृत्यु

    बुटवल,फागुन २६-

    रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं हिडेको ट्रक धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

    लु १ ख ७७६२ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही स्थान घर भएका सहचालक २८ वर्षीय समुन सञ्जेलको मृत्यु भएको हो ।

    दुवैको ट्रकले थिचिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरीको टोलीले शव निकाली पोस्टमार्टममा लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाएको पनि प्रहरीले बताएको छ । दुर्घटना कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology