बुटवल,फागुन २०-
राप्रपा निकट पत्रकारहरूको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेला बुटवलमा हुने भएको छ । फागुन २१ र २२ गते हुने भेलाको सबै तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
केन्द्रीय अध्यक्ष गोपाल पौडेलले प्रथम राष्ट्रिय भेलाको सबै तयारी पुरा भएको बताए । भेलाको राप्रपाका अध्यक्ष कमल थापाले ११ बजे उद्घाटन गर्नेछन् ।
देशभरबाट २ सय ५० जना पत्रकार कार्यक्रममा सहभागिता रहने पौडेलले बताए । चैत ७ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गरि भेलाले रणनीतिक योजना बनाउने उनले बताए । एजेन्डा मिल्नेसंग सहकार्य गर्ने उनले बताए ।
नेपालभरि महासंघका ७ सय बढि सदस्यहरु रहेको उनले दाबी गरे । विस २०७२ मा स्थापना भएको संस्थाको नेपालको ४५ वटा जिल्लामा शाखा रहेको छ ।
भेलामा सहभागि हुन सबै पत्रकारहरू बुटवल आइपुगेको राप्रपाका लुम्बिनी प्रदेश संयाेजक प्रदीपकुमार उदयले बताए । भेलाले बुटवल घोषणापत्र जारी गर्ने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)