Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस प्रतिपक्षी भूमिकाबाट दाँयाबाँया गर्न हुदैँन : रामचन्द्र पौडेल

कांग्रेस प्रतिपक्षी भूमिकाबाट दाँयाबाँया गर्न हुदैँन : रामचन्द्र पौडेल

  • 2.7K
    SHARES

  • कांग्रेस प्रतिपक्षी भूमिकाबाट दाँयाबाँया गर्न  हुदैँन : रामचन्द्र पौडेल

    बुटवल,फागुन १९-

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने बताएका छन् ।

    चितवनमा बुधबार आयोजित कार्यक्रममा उनले यतिबेला नेपाली जनताले कांग्रेसबाट धेरै आशा गरेका भन्दै कांग्रेस प्रतिपक्षी भूमिकाबाट दाँयाबाँया गर्न नहुने बताएका हुन् ।‘कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । यद्यपि हामी सनो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ’ उनले भने, ‘सजग भएर, इमान्दार भएर विपक्षी दलको सही भूमिका निर्वाह गर्न सक्यौं भने अर्को चोटी लोकतन्त्रको रक्षा गर्न सहयोग गर्न सक्छौं ।’

    पौडेलले विपक्षी दलको भूमिका यति बेला के हुने भन्ने चाहिँ खुलाएनन्, यद्यपि कांग्रेस जिम्मेवारीबाट पन्छिन भने नमिल्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology