Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

‘शिक्षा क्षेत्रका नमूना अभ्यासलाई विद्यालय र स्थानीय तहहरुले कार्यान्वयन गर्नुपर्छ’

‘शिक्षा क्षेत्रका नमूना अभ्यासलाई विद्यालय र स्थानीय तहहरुले कार्यान्वयन गर्नुपर्छ’

  • 3.6K
    SHARES

  • ‘शिक्षा क्षेत्रका नमूना अभ्यासलाई विद्यालय र स्थानीय तहहरुले कार्यान्वयन गर्नुपर्छ’

    बुटवल,फागुन १६-

    सरोकारवालाहरुको उपस्थितीमा दलित र सिमान्तकृत समुदायका बालबालिकाहरुको शैक्षिक उपलब्धि प्रबर्धन परियोजना (कर्मठ बालिकाहरु) को समिक्षा गरिएको छ ।

    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले शिक्षामा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा भएका नमूना अभ्यासहरुलाई विद्यालय र स्थानीय तहहरुले कार्यान्वयन गर्नमा जोड दिनुपर्ने बताए ।3.jpg

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनीका निर्देशक डा. राजेन्द्र गिरीले शिक्षामा हुने सिकाइले आमा र बच्चाको स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पार्ने हुँदा परियोजनाले स्वास्थ्य सचेतनाका कुराहरुलाइ पनि जोडेर जानुपर्ने बताए ।

    कार्यक्रममा ग्रिन तारा नेपालका निर्देशक रामचन्द्र सिलवालले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा सफ्टवेवरको पार्टमा परियोजनाले क्रियाकलाप गरिरहेको बताए ।

    शिक्षा विकास समन्वय इकाई प्रमुख दीपेन्द्र ढकाल ,बुटवल उपमहानगरपालिकाका शिक्षा प्रमुख टिकाराम पन्थीले कोभिड १९ को समयमा परियोजनाले सिकाइको निरन्तरताका लागि गरेको प्रयास सहानिय भएको बताए ।

    बुटवलको मायादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक माधव लोहनीले परियोजनाको क्रियाकलापले विद्यार्थी संख्या बढाउनमा सहयोग पुग्नुको साथै लक्षित समुहको कार्यक्रमबाट अन्य समुहका बालबालिकामा समेत फाईदा लिइरहेको बताए ।

    बैठकमा रिड नेपालका शिक्षा संयोजक कपिलप्रसाद गिरीले परियोजनाले गरेका कार्यक्रम क्रियाकला, प्रगति, अवस्था र बाँकी कार्यक्रमको बिषयमा प्रस्तुती गरेका थिए । परियोजना संचालनमा रहेको र त्यसले दलित र सिमान्तकृत बालबालिकाको शिक्षाको सुधारका लागि सहयोग पुर्याएको बताए ।2.jpg

    ति बालबालिकालाई आधारभूत तहको शिक्षा पूरा गराउने उद्देश्य परियोजनाले राखेको उनले जानकारी दिए । उक्त परियोजना ग्रिन तारा नेपाल र रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दलित महिला संघ नेपालले संचालन गरिरहेको साबि बिकले जानकारी दिनुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology