बुटवल,फागुन १५-
बस्याल समाज नेपालले बंशााबली बिमोचन तथा सम्मान कार्यक्रम गरेको छ ।बुटवलमा एक कार्यक्रममा बिच देशभरका करिब २ हजार जनाको सहभागितामा बस्याल बंशााबली बिमोचन तथा सम्मान कार्यक्रम गरेको हो ।
न्यू होराइजनमा भएको कार्यक्रममा ६९० सय पृष्ठको बंशााबली प्रकाशनमा आर्थिक तथा नैतिक सहयोग गर्ने १ सय २५ जनालाइ सम्मान गरिएको बस्याल समाजका केन्द्रिय सदस्य बिष्णुप्रसाद बस्यालले बताउनुभयो।
सो अबसरमा बोल्ने बक्ताहरुले बस्यालहरुको थातथलोको खास पहिचान गरि बिकास गर्ने र सबै बस्यालहरु एकजुट भइ सामाजिक सेवाको काम गर्ने बताए ।
समाजले रजत महोत्सवको अबसरमा बंशावली सार्बजनिक गरेको जनाएको छ ।कार्यबाहक अध्यक्ष रामप्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा संचार तथा सुचना मन्त्रालयका सचिब हरिप्रसाद बस्याल,उपाध्यक्ष कौशलराज बस्याल,महासचिब धनिश्वर बस्याल लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)