बुटवल,फागुन १२-
नेकपा दाहाल–नेपाल समुहले बुटवलमा विजयी उत्सव मनाएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि बुटवलमा स्वागत र्याली गरिएको हाे ।
बुटवलको राजमार्ग चौराहदेखि सुरु भएको स्वागत र्याली नगर परिक्रमा गर्दै ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरुले यो जीत कसको जनताको, प्रतिगामी प्रधानमन्त्री राजीनामा दे, लोकतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए । साे अबसरमा बाेल्दै नेकपाका केन्द्रिय सदस्य बामदेव क्षेत्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले अझैपनि बिभिन्न जालझेल गरेर सत्तामै बसरहनसक्ने भन्दै अब सत्ताच्यूत गरेरै छाड्ने र प्रतिगमनलाइ परास्त पार्ने चेतावनी दिए ।
त्यस्तै जिल्ला अध्यक्ष राजु गुरुङले ओली युगको समाप्न भएको दाबि गरे । उनले सिंहदरबार भित्रबाट हाेइन अब बालकाेटबाट पनिओलीलाइ निकाल्न परे आफूहरु तयार रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते प्रतिनिधिसभाको विघटन गरेपछि त्यस विरुद्ध सर्वोच्चमा १३ वटा रिट दायर गरिएको थियो । सर्वोच्चको संवैधानिक इजलासले सो निर्णयलाई बदर गर्दै मँगलर संसद पुनःस्थापनाको पक्षमा फैसला गरेको हो । संसद पुनःस्थापनासँगै १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चले आह्वान गरेको छ ।





नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)