Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

मिस डायमण्ड नेपालको फाइनलमा १३ जना प्रतिस्प्रर्धी ,ग्राण्ड फिनाली फागुन १५ मा

मिस डायमण्ड नेपालको फाइनलमा १३ जना प्रतिस्प्रर्धी ,ग्राण्ड फिनाली फागुन १५ मा

  • 3.9K
    SHARES

  • मिस डायमण्ड नेपालको फाइनलमा १३ जना प्रतिस्प्रर्धी ,ग्राण्ड फिनाली फागुन १५ मा

    बुटवल,फागुन ८-

    रुपन्देहीको तिलोत्तमामा मिस डायमण्ड नेपाल प्रतियोगिताको शुभारम्भ गरिएको छ ।  तेस्रो लिङ्गीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सहासी कदम नेपाल रुपन्देहीले आयोजना गरेको मिस डायमण्ड नेपालको शनिबार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो ।

    रुपन्देही, गुल्मी, पाल्पा, नवलपुर, कपिलवस्तु, तनहुँ, चितवन लगायतका जिल्लाका एक दर्जन तेस्रो लिङ्गीहरुको सहभागिता रहेको प्रतियोगिताको शनिबार शारिरिक अशक्त महिला अम्बिका भण्डारीले केक काटेर शुभारम्भ गर्नु भयो ।

    फागुन १५ गते फाईलन प्रतिस्प्रर्धा हुने प्रतियोगिताका लागि शनिबारदेखि प्रशिक्षण भएकोे साहसी कदम नेपालका अध्यक्ष आनीक राना मगरले जानकारी दिनुभयो ।

    बन्द प्रशिक्षणबाट निखारिएका तीन प्रतिस्प्रर्धीलाई विजेता घोषणा गरिने छ । प्रतियोगिताबाट मिस डायमण्ड नेपालको उपाधी विजेताले नगद २० हजारसँगै थुपै गिफ्ट हेम्परहरु प्राप्त गर्ने सचिव रेशम न्यौपानेले जानकारी दिनुभयो ।miss diamond.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology