बुटवल,फागुन ७-
इम्युन हेल्थ केयर प्रालि बुटवलले भोलीदेखि एकहप्ते कपाल प्रत्यारोपण र फिजियो थेरापी सिजन शुरु गर्ने भएको छ ।
कपाल प्रत्यारोपणका लागि काठमाडौंबाट ड्रुमोलोजिस्ट डा.कमल धिताल आउने भएका छन् । त्यस्तै अर्का डाक्टर अजय गुप्ता आउने इम्युन हेल्थ केयर प्रालि बुटवलले जनाएको छ ।याे पटकका लागि मौकाको फाइदा उठाउन पनि प्रालिको अनुरोध छ ।
बुटवलको हिलपार्क गेट छेउमा रहेको इम्युन हेल्थ केयरले यसक्षेत्रमा पहिलो पटक कपाल प्रत्यारोपणको काम गरिरहेको संचालक जीवन पौडेलले नागरिक अनलाइनलाइ जानकारी दिए । कपाल प्रत्यारोपण र फिजियो थेरापी एकहप्तासम्म संचालन हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)