Logo बिहिवार, आश्विन १ गते २०८३
images

संयुक्त मोर्चाका नेता भुसाल र केसीलाई विना शर्त रिहाई गर्न माग

संयुक्त मोर्चाका नेता भुसाल र केसीलाई विना शर्त रिहाई गर्न माग

  • 2.4K
    SHARES

  • संयुक्त मोर्चाका नेता भुसाल र केसीलाई विना शर्त रिहाई गर्न माग

    बुटवल,फागुन ७-

    रणनैतिक संयुक्त मोर्चा नेता भेषराज भुसाल र देवबहादुर केसीलाई विना शर्त रिहाई गर्न मोर्चाका नेताहरुले आग्रह गरेका छन् ।मोर्चाले आज बुटवलमा पत्रकार सम्मेलन गरि मोर्चाका नेता भुसाल र केसीलाई रिहाई गर्न माग गरेका हुन् ।

    पत्रकार सम्मेलनमा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले शान्तिपूर्ण जनसभामा सहभागि नेताहरुलाई गिरप्तार गर्नु जनतन्त्रमाथि अपहरण भएको भन्दै फेरी संघर्षमा जानुपर्नेमा जोड दिनुभयो ।

    संघर्षकै मोर्चाबाट क्रान्तिकारी शक्तिहरुकाबीचमा बैकल्पिक सरकार बनाउनुपर्ने बताउंदै उहांले दलाल संसदीय व्यवस्थाभित्रबाट त्यस्तो सरकार नबन्ने जिकिर गर्नुभयो ।  नेकपाका केन्द्रीय संयोजक ऋषिराम शर्मा कट्टेलले कम्युनिष्ट पार्टीमा देखिएको विसर्जनवादबाट जोगाउंन र दलाल संसदीय व्यवस्थाका विरुद्ध जनक्रान्तिको खांचो औल्याउनुभयो ।

    गिरप्तार भएकालाई विना शर्त रिहाई नगरिए सरकारलाई त्यो महंगो सावित हुंने उहांले चेतावनी दिनुभयो ।कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी लुम्बिनी प्रदेश समितिका सचिव भुपेन्द्र न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    मोर्चाका नेता भुसाल र केसीलाई जनसभालाई सम्बोधन गरेर फर्किने क्रममा विहीबार मिलनचोकबाट पक्राउ गरिएको हो ।

    यसैबीच पक्राउ गरि रुपन्देहीको भैरहवास्थित जिल्ला कार्यालयमा राखिएका मोर्चाका नेता केसीलाई आज मोर्चाका नेता द्धय श्रीस र कट्टेल लगायत नागरिक समाज,कानुन व्यवसायी तथा पत्रकारको टोलीले भेट गरेको क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदीले जानकारी दिनुभयो ।

    विहीबार पक्राउ परेका भुसाललाई भने आज काठमाण्डौं लगिएको नेता सुवेदीले बताउनुभयो ।

    खवरदारी सभा सम्पन्न :

    राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति,रुपन्देहीले आज भैरहवाको मिलनचोकमा जनमुक्ति जागरण तथा खवरदारी सभा सम्पन्न गरेको छ ।

    पुष ५ को घट्नाको विरोध तथा प्रजातन्त्र दिवसको अवसर पारेर पार्टीले कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष दलबहादुर विरकट्टाले प्रतिगमन र ओलीतन्त्रको अन्त्यका लागि आन्दोलनको खांचो औल्याउनुभयो ।

    मुलुकको जड भ्रष्ट्राचार भएको भन्दै भ्रष्ट्राचार अन्त्यका लागि भ्रष्ट्राचारीलाई कम्तीमा एक सय ४० वर्ष जेल सजाय तोकिनुपर्ने बताउनुभयो ।पार्टीका संघीय परिषद् सदस्य गीता सारुले संसद विघटनपछि नेकपाभित्र सांसद किनवेच भैरहेको आरोप लगाउनुभयो ।

    पार्टीका प्रदेश अध्यक्ष झमबहादुर गुरुङले प्रधानमन्त्री ओली र प्रचण्डले तीन करोड नेपालीलाई दास बनाएको आरोप लगाउंदैं  कांग्रेस–कम्युनिष्टले देश दुघट्नातिर लगेको दावी गर्नुभयो ।

    पार्टीका रुपन्देही अध्यक्ष प्रेमबहादुर थापामगरको अध्यक्षता,सहसचिव यानु पुनको सञ्चालनमा भएको कार्यक्रममा राष्ट्रिय थारु मञ्चका संयोजक रेखाप्रसाद चौधरी पार्टीका सिद्धार्थनगर अध्यक्ष प्रेम गुरुङ लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रम पूर्व भैरहवाको शुकदेवचोकबाट शुरु भएको र्यालीले भैरहवा बजार परिक्रमा गरि मिलनचोकमा पुगेर सभामा परिणत भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, फाल्गुण ७ २०७७०५:५३:१४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology