काठमाडौं,फागुन ७-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश नम्बर १ र २ मा हुने पार्टीका विभिन्न कार्यक्रमका लागि जाने भएका छन्।आज बिहान ८ बजे जहाजबाट पौडेल विराटनगर जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। उनी आजै धरान पुग्नेछन्।
फागुन ७ देखि १३ गतेसम्म प्रदेश १ र २ का विभिन्न जिल्लामा हुने पार्टीका कार्यक्रममा पौडेल सहभागी हुने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।
कांग्रेसले भदौ ७ देखि महाधिवेशन गर्ने भएको छ।महाधिवेशनको मिति बिहीबारको केन्द्रीय समितिले तय गरेपछि आजदेखि पौडेल देश दौडाहमा निस्कन लागेका हुन्।
कांग्रेसले आन्दोलनका कार्यक्रम थप घोषणा गरेको छैन।पौडेल प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा छन्। उनकै दवावमा पार्टीले तीन चरणमा यसअघि आन्दोलनका कार्यक्रम ल्याएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)