Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको तिलोत्तमामा स्कुल बसको ठक्करबाट सुमनको मृत्यु

रुपन्देहीको तिलोत्तमामा स्कुल बसको ठक्करबाट सुमनको मृत्यु

  • 3.8K
    SHARES

  • रुपन्देहीको तिलोत्तमामा स्कुल बसको ठक्करबाट सुमनको मृत्यु

    बुटवल,फागुन ६-

    स्कुल बसको ठक्करबाट रुपन्देहीको तिलोत्तमामा एकजनाको मृत्यु भएको छ ।

    तिलोत्तमा-११ कुमारीचोकमा शान्ती नमुना माध्यमिक विद्यालयको लु १ क ८२४ नम्बरको बसको ठक्करबाट मर्निङवाकमा निस्किएका तिलोत्तमा नगरपालिका-११ बस्ने ३४ वर्षीय सुमन खौसियाको मृत्यु भएको हो ।

    बिहान साढे ५ बजे मर्निङवाक निस्केका मृतक खौसिया र स्थानीय आरती थापालाई  ठक्कर दिएको थियो । घाइते थापाको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    विपरीत दिशाबाट गएको ट्रकले झुक्याएका कारण बसदुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology