Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसद्वारा बैतडीको डिलासैनी घटनाको निन्दा

कांग्रेसद्वारा बैतडीको डिलासैनी घटनाको निन्दा

  • 2.0K
    SHARES

  • कांग्रेसद्वारा बैतडीको डिलासैनी घटनाको निन्दा

    बुटवल,फागुन ५ - 

    नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेकोे समयमा नियोजित रूपमा आक्रमण गरिएको भन्दै सो घटनाको विरोध गरेको छ ।

    कांग्रेसले पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा.डिला सङ्ग्रौला, कांग्रेस बैतडीका सभापति नरेन्द्रजङ्ग थापालगायत स्थानीय नेतृत्व एवं नेविसङ्घका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ढुङ्गामुढा भएको जनाएको छ ।
     
    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनामा परी पार्टीका केही साथीहरू घाइते भएको र केही सवारी साधनमा तोडफोड गरिएको उल्लेख गरे ।

    एक्कासी भएको आक्रमणपश्चात् पार्टीका तरुणहरूले तत्कालै प्रतिवाद गरेपछि कार्यक्रम सुचारू भएको कांग्रेसले जनाएको छ । प्रवक्ता शर्माले घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरेर कारवाही गर्न सरकारसँग माग गरेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology