Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

गलकोट माविको ३ वटा भवनको एकैसाथ उद्घाटन,शिक्षण सिकाइ प्रविधिमैत्री बनाउनुपर्नेमा जोड 

गलकोट माविको ३ वटा भवनको एकैसाथ उद्घाटन,शिक्षण सिकाइ प्रविधिमैत्री बनाउनुपर्नेमा जोड 

  • 2.2K
    SHARES

  • गलकोट माविको ३ वटा भवनको एकैसाथ उद्घाटन,शिक्षण सिकाइ प्रविधिमैत्री बनाउनुपर्नेमा जोड 

    कौरव खत्री/बागलुङ,फागुन ४  -

    गलकोट नमुना माध्यमिक विद्यालयको भवन उद्घाटन तथा सरस्वती पुजा कार्यक्रम सम्पन्न भएको छ ।  मंगलवार कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले विद्यालयमा अध्ययन अध्यापनका लागि विद्यार्थी तथा अभिभावकको रोजाईको विद्यालय वनाउने गरि कार्यक्रम गर्नुपर्ने वताउनुभयो । 

    साथै नगरप्रमुख गैरेले परम्परागत रुपमा हुदै आएको शिक्षण सिकाई क्रियाकलापलाई प्रविधिमैत्री रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिदै भन्नुभयो, विद्यालयले शिक्षण सिकाईका लागि विद्यार्थि अभिभावक र शिक्षक विच सहकार्य गर्दै नतिजामुखी रुपमा शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने वताउनुभयो । 
    कार्यक्रममा पुर्व सभाषद कुलराज शर्माले आफुले गरेको विकासलाई स्मरण गर्दै गलकोटलाई चिनाउने गरि विकासको काम संञ्चालन गर्नुपर्ने वताउनुभयो । उहाँले वर्तमान नेतृत्वको जिम्मेवारी गलकोटको पहिचान स्थापित गर्दै विकास गर्नु रहेको वताउनुभयो । 

    त्यस्तै कार्यक्रममा गलकोट माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक तथा गलकोटे गुरु मोहनचन्द राजनले गलकोटको शैक्षिक विकासका लागि तत्कालिन समयमा गलकोटवासीले गरेको योगदान नतिजामुखी रहेको वताउनुभयो । उहाँले गलकोटको शैक्षिक विकासको लागि आफुलाई माध्यम वनाएर गलकोटे गुरु उपनाम दिएर शैक्षिक विकासको निम्ति अहोरात्र खटिएको स्मरण गर्दै सवैमा आभार व्यक्त गर्नुभयो । उहाँले गलकोट माद्यमिक विद्यालय र गलकोट वहुमुखि क्याम्पस आफैमा पुरक रहेको वताउदै शैक्षिक विकासका लागि आगामी दिनमा धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गर्न सुझाव दिनुभयो । 
    कार्यक्रममा नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत भवन ‘क’ को नगरप्रमुख भरत शर्मा गैरेले, भवन ‘ख’ को पुर्वप्रधानाध्यापक मोहनचन्द राजन तथा भवन ‘ग’ वाल उद्यानको नगरउपप्रमुख रेनुका काउचाले उद्घाटन गर्नुभएको थियो । 

    सोही अवसरमा स्टारलिनको विरुवा तथा स्वामिको विरुवा अतिथिको नाम रहने गरि वृक्षारोपण समेत गरिएको थियो । कार्यक्रममा नेपाली सेनाका सेनानी तथा विद्यालयका संस्थापक वद्रि प्रसादन श्रेष्ठका छोरा डा। विपिन श्रेष्ठलाई सम्मान गरिएको थियो । 
    त्यस्तै डा। श्रेष्ठको परिवारले विद्यालयमा अध्ययरत ४ जना छात्रा विद्यार्थीलाई प्रत्येक वर्ष ५ हजारका दरले छात्रवृत्ति उपलव्ध गराउने घोषणा गर्नुभएको थियो । 
    कार्यक्रममा विद्याकी माता सरस्वति पुजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवेन्द्र वहादुर खत्री,गलकोट नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष नर वहादुर खत्री,अभिभावक माया चालिसे,विद्यार्थीहरु राहुल निउरे, स्वस्तिका गैरे लगायतले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा वागलुङ समाज क्यानडाद्धारा स्थापित छात्रवृत्तिद्धारा कक्षा ९ का नविन वोहोरा र कक्षा ६ का रोसिका खत्रीलाई प्रदान गरिएको थियो । 
    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल वहादुर भण्डारीको अध्यक्षता, तथा सहायक प्रधानाध्यापक नवराज गौतमको स्वागतसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका सहायक प्रधानाध्यापक राम वहादुर खत्रीले गर्नु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology