Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रतिनिधिसभा बिघटन मुद्धा : अनुचित निर्णय भए जनताले अस्वीकार गर्छन् : खाँण

प्रतिनिधिसभा बिघटन मुद्धा : अनुचित निर्णय भए जनताले अस्वीकार गर्छन् : खाँण

  • 3.4K
    SHARES

  • प्रतिनिधिसभा बिघटन मुद्धा : अनुचित निर्णय भए जनताले अस्वीकार गर्छन् : खाँण

    बुटवल,फागुन ४ -

    नेपाली काग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले प्रतिनिधि सभा बिघटन सम्बन्धि मुद्यामा सर्वोच्च अदालतले संविधान सम्मत रुपमा न्याय गर्नुपर्ने बताएका छन ।खाँणले संविधानमा व्यवस्था गरे भन्दा बाहिर गएर निर्णय गरीए त्यसलाइ नेपाली जनताले कदापी स्वीकार नगर्ने बताए ।
    रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले मंगलबार  ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको मूल समारोहलाइ सम्बोधन गर्दै नेता खांणले  संविधानमा  जे प्रावधान छ त्यो भन्दा बाहिर गएर सर्बाेच्चले निर्णय नगर्ने बिश्वास ब्यक्त गरे । यदी अनुचित निर्णय भए जनताले अस्वीकार गर्ने बताए ।

    ओलीले संबिधान मिचेको सबैलाइ भएको उल्लेख गर्दै उनले सर्वोच्च अदालतलाइ  प्रधानमन्त्रीको छाँया नबन्न आग्रह गरे ।संविधान रक्षाकालागि काँग्रेसले आफनो जीवन बलिदान दिन तयार रहेको भन्दै उनले कम्युनिष्टहरुले संविधान र लोकतन्त्र नमान्ने दावी गरे ।

    शान्ति नमुनाको ६२ औँ वार्षिकोत्सव : दातादेखि शिक्षक-कर्मचारीसम्म सम्मान

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology