Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बुढानीलकण्ठ - १२ मा पनि कपडा बैंक अभियान शुभारम्भ

बुढानीलकण्ठ - १२ मा पनि कपडा बैंक अभियान शुभारम्भ

  • 300
    SHARES

  • बुढानीलकण्ठ - १२ मा पनि कपडा  बैंक अभियान शुभारम्भ

    काठमाडौं,असोज २० ।

    बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा कपडा बैंक अभियान शुभारम्भ गरिएको छ ।

    बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ र क्लोथ एन्ड फुड बैंक नेपालको सहकार्यमा आयोजित कार्यक्रममा समुदायमा पुनःप्रयोगको संस्कार विकास गर्दै आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग पुर्‍याउने उद्देश्यले कपडा बैंक सञ्चालनमा ल्याइएको हो ।

    कार्यक्रमको प्रमुख आतिथ्यता बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष तथा समाजसेवी शम्भु प्रसाद भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा क्लोथ एन्ड फुड बैंक नेपालका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता कमल जि.सी. विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने त्यस्तै गरि नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलको पनि उपस्थिति रहेको थियो ।

    कार्यक्रममा वडा नं. १२ का जनप्रतिनिधि तथा स्थानीय सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। वडा सदस्यहरू इश्वरी खतिवडा, शान्ता ढकाल (पुडासैनी), मिना बयलकोटी र डिल्ली प्रसाद खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि शम्भु प्रसाद भट्टराईले प्रयोगमा नआएका कपडालाई फोहोरका रूपमा फाल्नुको सट्टा आवश्यकतामा रहेका व्यक्तिसम्म पुर्‍याउन सके सामाजिक सेवासँगै वातावरण संरक्षणमा समेत योगदान पुग्ने बताउनुभयो ।

    क्लोथ एन्ड फुड बैंक नेपालका संस्थापक अध्यक्ष कमल जि.सी.ले “आफ्नो इच्छाअनुसार दिनुहोस्, आफ्नो आवश्यकताअनुसार लिनुहोस्” भन्ने अवधारणाका साथ कपडा बैंक अभियान अघि बढाइएको बताउनुभयो । उहाँले घरमा प्रयोगमा नआएका तर पुनःप्रयोग गर्न मिल्ने कपडा संकलन गरी आवश्यक व्यक्तिलाई निःशुल्क उपलब्ध गराउने जानकारी दिनुभयो ।

    कपडा बैंक अभियानले आर्थिक रूपमा कमजोर परिवार, विद्यार्थी तथा आवश्यकतामा रहेका समुदायका सदस्यलाई मात्र नभई तपाई हामि जो कोहिलाइ सहयोग पुग्ने अपेक्षा गरिएको छ साथै, कपडाको पुनःप्रयोगमार्फत वातावरणीय प्रदूषण घटाउन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न अभियानले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

    कार्यक्रममा स्थानीयवासी, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आश्विन २० २०८३०७:३६:०९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology