बुटवल,फागुन ४ -
विश्व हिन्दू महासंघ नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक रुपन्देहीमा बस्दै छ । आज १ बजे केन्द्रीय कार्यकारिणी समितिको उद्घाटन बुटवलको मुक्तिनाथधामका प्रमुख संरक्षक स्वामी लाेकानन्दले गर्ने कार्यक्रम छ । यसअघि साेहि बैठक पौष ११ र १२ गते बस्ने तय भएपछि प्राविधिक कारणले स्थगित गरिएको थियाे ।
बैठकमा केन्द्रीय कार्यकारिणी समिति र जिल्ला अध्यक्षहरुको भेला भएका छ । बैठकले महत्वपूर्ण निर्णय समेत गर्ने केन्द्रीय अध्यक्ष डा.रामचन्द्र अधिकारीले नागरिक अनलाइनलाई जानकारी दिए ।
सो बैठकमा सम्पूर्ण केन्द्रीय पदाधिकारीहरु,सदस्यहरु तथा जिल्ला अध्यक्षहरु सबैलाई आइपुगेको कार्यसमिति सदस्य डिल्लीप्रसाद शर्मा आचार्यले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)