Logo मंगलवार, श्रावण १२ गते २०८३
images

खाँणको चेतावनी : ‘अब जनताको रुने दिन सिद्धियो,अब रुने पालाे केपी ओलीको’

खाँणको चेतावनी : ‘अब जनताको रुने दिन सिद्धियो,अब रुने पालाे केपी ओलीको’

  • 2.9K
    SHARES

  • खाँणको चेतावनी : ‘अब जनताको रुने दिन सिद्धियो,अब रुने पालाे केपी ओलीको’

    बुटवल,फागुन ३ -

     नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नेपालमा अब कम्युनिष्ट रहन नसक्ने बताएका छन् । जनताले दुइतिहाइ मत दिदा सरकार र संसद चलाउन नसक्ने कम्युनिष्ट अब बढारिने दाबि गरे  ।

    उनले अब रुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीको आएको दाबी गरे । नेपाली कांग्रेसले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभामा बोल्दै उनले जनताको रुने दिन सकिएको टिप्पणी गरे । नेता खाँणले भने, ‘अब जनताको रुने दिन सिद्धियो, अब रुने दिन कम्युनिष्टको आयो, अब रुने दिन केपी ओलीको आएको छ ।’

    प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक र सर्वसत्तावादको यात्रा भएको उनको भनाइ छ । यद्यपि सर्वोच्च अदालतले संविधानको रक्षाको पक्षमा फैसला गर्छ भन्नेमा आफू विश्वस्त रहेको खाँणले बताए ।

    सरकारले संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा मिडिया विधेयक,सूचना प्रविधि विधेयक ल्याएर जनताको मुख थुन्ने काम गरेको उनले बताए ।

    संविधानमाथि निरन्तर प्रहार गर्ने र जनताको जीवनप्रति असंवेदनशील ओलीलाई एक दिन पनि सरकारमा बस्ने अधिकार नभएको खाँणको भनाइ छ । उनले भने, ‘नेपाली जनताले दिन गन्ती सुरु गरे, प्रधानमन्त्री र मन्त्रीहरूले झिटीगुन्टाको व्यवस्थापन गर्नुस् ।’birod sava congress.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology