Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसद बिघटन बिरुद्ध : रुपन्देहीको भैरहवामा कांग्रेसको बिरोध प्रदर्शन शुरु

संसद बिघटन बिरुद्ध : रुपन्देहीको भैरहवामा कांग्रेसको बिरोध प्रदर्शन शुरु

  • 3.5K
    SHARES

  • संसद बिघटन बिरुद्ध : रुपन्देहीको भैरहवामा कांग्रेसको बिरोध प्रदर्शन शुरु

    बुटवल,फागुन ३-

    नेपाली कांग्रेसले रुपन्देहीको सदरमुकाम भैरहवामा बिरोध प्रदर्शन शुरु गरेको छ । भैरहवामा बिराेध र्याली पछि हनुमान मन्दिरमा बिरोध सभाको आयोजना गरिएको छ ।

    काँग्रेसले आज ७७ वटै जिल्लामा एक साथ बिरोध सभाको आयोजना गरेको हाे । अहिले अन्य नेताहरुले सम्बाेधन गरिरहेका छन्  । सभालाई नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले केहिबेरमा सम्बोधन  गर्दैछन् । 

    जिल्ला सभापति अब्दुल रज्जाकले वक्ताको रुपमा केन्द्रिय सभापति देउवा सहित केन्द्रिय सदस्य बालकृष्ण खाँण र संघिय संसदका लेखा समिति संयोजक भरत कुमार शाहले सम्बोधन गर्ने छन् ।congress.jpg

    भैरहवाको बुद्धचोकबाट र्यालीको आयोजना गरि नारायणपथ, मिलनचोक हुँदै हनुमान मन्दिरमा पुगेर बिरोधसभाको आयोजना गरिएको छ ।

    ओली सरकारको प्रतिगामी कदमको बिरोधमा र संविधानको रक्षाको लागी सबै लोकतान्त्रिक शक्तिहरुलाई कांग्रेसको बिरोध सभाप्रति ऐक्यवद्धता जनाउन भोलीको कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेस रुपन्देहीले आव्हान समेत गरेको थियाे । 

    ‘निर्वाचन आयोगको गतिविधि संकास्पद छन्,आयोगले अदालतको निर्णय किन कुर्नुपर्याे ?’ : शेरबहादुर देउवा

    sher bahadur deuwa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology