बुटवल,भदौ १६ ।
नेपाल प्रेस युनियन रुपन्देहीमा नयाँ नेतृत्व निर्वाचित भएको छ ।अध्यक्षमा कल्पना तिवारी निर्वाचित भएकी छिन् । २२ औँ साधारण सभा तथा १० औँ अधिवेशनबाट अध्यक्षमा तिवारी निर्वाचित भएकी हुन् । सोमबार सुरु भएको अधिवेशन रातीसम्म सहमति नभएपछि मङ्गलवारका लागि सारिएको थियो ।
आज मङ्गलवार भएको मतदानमा तिवारीले ५५ मत पाइन् भने सभापतिका अर्का प्रत्यासी दीपक घिमिरेले ४४ मत पाए । यसअघि दुवै जना उपाध्यक्ष रहेका थिए ।
यस्तै सचिवमा राम भण्डारी निर्वाचित भएका छन् । सचिवका अर्का प्रत्यासी आचार्य प्रदीपलाई १ मत अन्तरले पराजित गर्दै भण्डारी सचिवमा निर्वाचित भएका हुन् । भण्डारीले ५० मत ल्याए भने आचार्यले ४९ मत ल्याएका हुन् ।
अध्यक्ष र सचिवमा निर्वाचन भए पनि अन्य पदमा भने निर्विरोध भएको थियो । यस्तै उपाध्यक्षमा रमेश अर्याल खुल्ला, सिता गौतम बराल महिला, तिलक सुवेदी समावेशी सर्वसम्मत रूपमा चयन भएका हुन् ।
कोषाध्यक्षमा कल्पना शर्मा र सहसचिवमा सृष्टि अधिकारी भुसाल र बसन्तराज बराल चयन भएको प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले बताए ।
यस्तै समितिको कार्यसमितिमा सन्तकुमार श्रेष्ठ र नवीन राना निर्विरोध निर्वाचित भएका छन् ।
सभापति र सचिव बाहेक अन्य पदमा भने सहमति भएको थियो ।अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत रूपमा चयन गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)