Logo बिहिवार, आश्विन १ गते २०८३
images

ज्ञानपुञ्ज सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि नविनको कब्जामा

ज्ञानपुञ्ज सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि नविनको कब्जामा

  • 147
    SHARES

  • ज्ञानपुञ्ज सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि नविनको कब्जामा

    बुटवल , भदौ १० ।

    बुटवलमा सम्पन्न प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर–विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता–२०८३ को च्याम्पियन नबिन औद्योगिक कदर बहादुर रीता माबि बनेको छ ।

    मंगलबार भएको फाईनल प्रतिस्पर्धामा सैनामैना पर्रोहा परमेश्वर माबिलाई १–० गोल अन्तरले पराजित गर्दै नबिनले उपाधि चुमेको हो । नविनले उपाधिसंगै नगद ५१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता सैनामैनाले भने नगद ३१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । नविनका तर्फबाट समूह ए र बि गरी दुई टिम प्रतिस्पर्धामा उत्रेको थियो । समूह बिले उपाधि चुमेको हो । 
    ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवल १३ नहरपुरको आयोजनामा जिल्लास्तरीय प्रतियोगितामा भएको प्रतियोगितामा नबिन बिका बिप्लब गुरुङ उत्कृष्ट गोलकिपर, नबिन ए समूहका कुञ्ज गुरुङ बेष्ट डिफेन्डर तथा सैनामैना पर्रोहाका सुभाष नेपाली प्लेयर अफ टुर्नामेन्टबाट पुरस्कृत भए ।
    सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स तथा ऊर्जा इन्टरप्राइजेजको मुख्य प्रायोजक गरिएको प्रतियोगिता देविनगरस्थित एन्फा टेक्निकल सेन्टर भएको हो ।  फाईनलमा नबिनको जितमा एकमात्र गोल निमेष शाहीले गरे । खेल शुरु भएको पहिलो मिनेटमा नै उनले आर्कषक गोल गरे । उनी खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
    भदौ १ गतेदखि सुरु भएको प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समापन गरेकी हुन् ।

    समापन समारोहमा बोल्दै उनले बुटवललाई खेलकुदको हवको रुपमा विकास गर्नुपर्नेमा जोड दिईन । उनले बुटवल उपमहानगरपालिकाले खेलकुदको विकासका लागि ४ करोड बढि बजेट छुट्याएर काम गरेको दावी गरिन् ।यस्तै विद्यालयका प्राचार्य शंकर भण्डारीले आफूहरुले विद्यालय तहबाटै कुनै एउटा खेललाई पहिचान बनाउन सक्दा त्यसले खेलाडी उत्पादनमा योगदान गर्ने उदेश्यले सेभेन एसाईड प्रतियोगिता सुरु गरिएको बताए । साथै उनले विद्यार्थीहरुमा खेलप्रति रुची बढाउनका लागि तलाउमा डुंगा फाल्ने काम आफूहरुले गरेको बताए ।IMG_8079.jpeg एन्फा रुपन्देहीका महासचिव हिमाल गौचन, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई, प्राचार्य शंकर भण्डारी, सिद्धार्थ केबलकारका प्रबन्धक नरबहादुर कार्कीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।  प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयका ४४ टिमले भाग लिएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, भाद्र १० २०८३०९:४३:२१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology