Logo बिहिवार, आश्विन १ गते २०८३
images

गायक तथा सर्जक विक्रमबाबुले पाए सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड

गायक तथा सर्जक विक्रमबाबुले पाए सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड

  • 1.9K
    SHARES

  • गायक तथा सर्जक विक्रमबाबुले पाए सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड

    बुटवल ,भदौ ८ ।

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा सम्पन्न ‘९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ मा लोकप्रिय सर्जक विक्रमबाबु विश्वकर्माले सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड प्राप्त गरेका छन्।

    नेपाली लोकदोहोरी क्षेत्रको प्रतिष्ठित कार्यक्रमका रूपमा आयोजना गरिएको अवार्ड समारोहमा विभिन्न विधाका उत्कृष्ट सर्जक तथा कलाकारलाई सम्मान गरिएको थियो।

    “अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मूल नारासहित भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेको अध्यक्षता तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति ब्रजेश खनालको प्रमुख आतिथ्यता रहेको थियो।

    विभिन्न विधामा अवार्ड प्रदान गर्ने क्रममा ‘सर्वोत्कृष्ट लोकदोहोरी शब्द’ विधाको अवार्ड लोकप्रिय गीत ‘गण्डकी गीत’ का सर्जक विक्रमबाबु विश्वकर्माको हातमा परेको उनले नागरिक अनलाइनलाइ जानकारी दिए ।att.8KTiFWhDESZXAQZyn-NMZDs_PPfOqS_x-gvd5tn35NA.jpeg

    लोकदोहोरी सिर्जनामा आफ्नो छुट्टै पहिचान बनाइसकेका विश्वकर्माका ‘नन्दनी’, ‘लौन नि भैया’, ‘डोरी बाटेर’, ‘देउन त्यो मन’, ‘नजर त्यतै छ’, ‘बन्दीपुरे माइलो’, ‘मूलको पानी’, ‘यो मेरो वैंश’, ‘कौवा करायो’ र ‘भीरमा रुँदै छु’ लगायत दर्जनौं गीत लोकप्रिय छन्।

    सरल विषयवस्तुलाई प्रभावशाली र कलात्मक ढंगले प्रस्तुत गर्ने सिर्जनात्मक क्षमता विश्वकर्माको विशेषता मानिन्छ। यही सिर्जनशीलताका कारण उनले नेपाली लोकदोहोरीका श्रोता तथा दर्शकमाझ छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन्।

    लोकदोहोरीमा मात्र सीमित नरही विश्वकर्माले आधुनिक तथा फ्युजन संगीतमा समेत आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गरिसकेका छन्।उनले ‘पोल्छ छातीमा’, ‘Attitude’, ‘मोया तलाउँछ अझै पनि’ र ‘बरु मार, एक्लै नपार’ जस्ता गीतमार्फत उनले फरक शैलीमा समेत आफूलाई प्रमाणित गरेका छन्।

    लोकसंगीतको मौलिकता र आधुनिकताको संयोजन गर्दै निरन्तर सिर्जनामा सक्रिय विश्वकर्माका लागि ‘९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ को सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड उनको सिर्जनात्मक यात्राको अर्को महत्वपूर्ण उपलब्धि बनेको छ।

    गुल्मीमा जन्मेर रूपन्देहीको बुटवलमा कलाकारिता र सञ्चारकर्म समेत गरेका उनी पछिल्लो पटक काठमाडौंमा बसेर कलाकारितालाइ अगाडि बढाईरहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology