Logo बिहिवार, आश्विन १ गते २०८३
images

नविनमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत

नविनमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत

  • 1.5K
    SHARES

  • नविनमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत

    लुम्बिनी ,भाद्र ७ ।

    नवीन औद्योगिक कदरबहादुर रिता मावि देवीनगरमा विभिन्न समूहमा कक्षा १२मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत कार्यक्रम लुम्बिनीमा शनिबार सम्पन्न भएको छ।
    उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय विष्णुप्रसाद पन्थीले आजभन्दा ४६ वर्ष पहिले आफूले त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा यस्तै कार्यक्रम गरेको स्मरण गर्दै हामी जीवन महत्त्वपूर्ण हो भन्छौं तर जीवनभन्दा समय महत्वपूर्ण भएकोले विद्यार्थीहरूलाई समयको सदुपयोग गर्न आग्रह गर्नुभयो। विज्ञानले दिएको उपहारहरू एआई इन्टरनेटहरू हाम्रा लागि बनेको हुँदा यिनीहरूको उचित सदुपयोग गर्न र शिक्षकलाई पूर्ण अपडेट भएर अध्यापन गराउन आग्रह गर्दै नवीनको शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिको सदस्य भन्दा गर्व गर्न आग्रह गर्नुभयो। 
    सामाजिक विकास डिभिजनका कार्यालय रूपन्देहीका अधिकृत भागीरथ अधिकारीले विद्यार्थीहरूले एउटै उद्देश्य राखेर अगाडि बढ्न विद्यार्थीहरूलाई आग्रह गर्दै नवीनको उत्पादन अब्बल रहेको प्रदेश स्तरको विज्ञान तथा स्टिम प्रदर्शनीले पनि पुष्टि गरेकोमा जोड दिँदै समग्रमा शिक्षक ,व्यवस्थापन र प्रशासनको  सक्रियताको कारण गुणस्तर अभिवृद्धि भएकोमा प्रशंसा गर्नुभयो। 
    राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका अधिकृत बिना बस्यालले धेरै जनशक्ति उत्पादन गरिरहेको नवीन औद्योगिक यस क्षेत्रको शैक्षिक हब भएको बताउँदै राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको अङ्क मात्र होइन विद्यार्थीको अन्य पक्षको पनि मूल्याङ्कन गरेको बताउँदै विद्यार्थीमा सिप, सिर्जनात्मक सोच, जीवन र मूल्य लगायतका कुराहरू सिक्न विद्यार्थीलाई आग्रह गर्नुभयो। कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सल्लाहकार संयोजक कृष्णप्रसाद खरेल, शिक्षक अभिभावक सङ्घीय अध्यक्ष सीता न्यौपाने, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू हुमाकान्त लम्साल, अनिलकुमार ठाकुर ,विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत ,विद्यालयका सहायक प्रधानाध्यापक तथा शिक्षा समूहका इन्चार्ज रोमनाथ घिमिरे ,विज्ञान समूहका इन्चार्ज लक्ष्मीनारायण चौधरी, व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयरामपन्थी, सिभिल इन्जिनियरिङका इन्चार्ज सपना भट्टराई, सिभिल इन्जिनियरिङका संयोजक इन्जिनियर बिमल अर्याल, नवीन विद्यार्थी क्लबकी अध्यक्ष अन्जना ज्ञवाली  कानुन समूहकी विद्यार्थी रूपा ढकाल ,विज्ञान समूहकी विद्यार्थी नितु गौड लगायतले धारणा राख्नुभएको थियो।

    शिक्षा समूह कक्षा १२ का विद्यार्थी विजय क्षेत्रीको अध्यक्षतामा व्यवस्थापन समूह कक्षा १२ की विद्यार्थी सदिक्षा ज्ञवाली र शुभेच्छा शाक्यको सञ्चालनमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हल लुम्बिनीमा सम्पन्न कार्यक्रममा विद्यालयका सांस्कृतिक संयोजक अर्जुन शाह ठकुरीको नेतृत्वमा लाखे नाच सहित विभिन्न समूहका विद्यार्थीहरूले दर्जनौं उत्कृष्ट नृत्यहरू प्रस्तुत गरेका थिए।

    २०८२ को एसइइ परीक्षामा ४ जीपीए ल्याउने अन्जना ज्ञवालीलाई नगद रु ५० हजार, सिभिल इन्जिनियरिङबाट उत्कृष्ट जिपीए प्राप्त गर्ने विशाल परियार ,कक्षा १२ व्यवस्थापन समूहबाट सरोज ज्ञवाली, विज्ञान समूहबाट सुजाता यादव ,सिभिल इन्जिनियरिङ समूहबाट पर्सुन रेश्मी , कानुन समूहबाट हविबा खातुन र शिक्षा समूहबाट निलिसा बिकलाई प्रमुख अतिथिले  सम्मान गर्नुभएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, भाद्र ७ २०८३०९:४३:५२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology