Logo बिहिवार, आश्विन १ गते २०८३
images

गरिमा चौधरीको न्यायका लागि बुटवलमा महिलाहरूको प्रदर्शन

गरिमा चौधरीको न्यायका लागि बुटवलमा महिलाहरूको प्रदर्शन

  • 138
    SHARES

  • गरिमा चौधरीको न्यायका लागि बुटवलमा महिलाहरूको प्रदर्शन

    बुटवल,भदौ ६ ।

    गरिमा चौधरीको न्यायका लागि शनिबार बुटवलमा महिलाहरुले प्रदर्शन गरेका छन् ।  बाराको जितपुरसिमरा– १ दसधुरेकी तीन वर्षीया बालिकाको बलत्कारपछि हत्या भएको विरोधमा महिलाहरुले प्रदर्शन गरेका हुन ।
    चौधरीको गत साउन ३१ गते बिहान साढे ८ बजे घरबाट बेपत्ता भएकी गरिमाको हत्या भएको अवस्थामा भेटिएको थियो ।
    घटनामा संलगलाई कारवाहीको माग गर्दै बुटवल ट्राफिकचोकबाट सुरु भएको विरोध प्रदर्शन उच्च अदालत तुल्सीपुर बुटवल इजलास मार्ग हुँदै इलाका प्रहरी कार्यालय बुटवलसम्म पुगेको थियो ।
    ठूलो संख्यामा रहेका महिलाहरूले इलाका प्रहरी कार्यालय गेट बाहिर घटनाको विरोधमा नाराबाजी गर्दै गरिमालाई न्याय दिन माग गरे ।
    प्रदर्शनका सहभागीले बलात्कारीलाई हदैसम्मको कारवाहीको माग गरेका छन् । उनीहरुले छोरीहरु किन असुरक्षित भन्दै प्रहरी प्रशासनको ध्यानआर्कषण समेत गराएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, भाद्र ७ २०८३०९:०३:०१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology