Logo बिहिवार, आश्विन १ गते २०८३
images

शुरू भयो प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता,आज पाँच खेल सम्पन्न

शुरू भयो प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता,आज पाँच खेल सम्पन्न

  • 933
    SHARES

  • शुरू भयो प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता,आज पाँच खेल सम्पन्न

    बुटवल,भदौ १।

    बुटवलमा सोमबारदेखि प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ शुरु भएको छ ।

    सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको  उद्घाटन खेलमा अक्सफोर्ड ईङ्लिस बोर्डिङ स्कुलले देवसिद्ध ईगंलिस बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

    देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमाञ्चक खेलमा अक्सफोर्डको जितमा एलेक्स छन्त्यालले २ तथा नेल्सन रास्कोटीले १ गोल गरे । एलेक्स खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
    यसैगरि सोमबार नै भएको दोस्रो खेलमा ग्यालेक्सी ई बोर्डिङ स्कुलले अन्नपूर्ण बोर्डिङ स्कुललाई ७–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।  प्रशर बस्नेत ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
    यस्तै तेस्रो खेलमा सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले बुटवल ग्लोरी इङ्लिस बोर्डिङ स्कुलविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै ६–० को फराकिलो जित दर्ता गर्‍यो। उत्कृष्ट व्यक्तिगत प्रदर्शन गरेका नविन बी.के. ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

    यस्तै चौथो खेलमा जनज्योति माध्यमिक विद्यालयले दिनकै सर्वाधिक प्रभावशाली नतिजा निकाल्दै सुंगाभा पब्लिक माध्यमिक विद्यालयलाई ९–० ले पराजित गर्‍यो । आक्रामक दबाब, उत्कृष्ट संयोजन तथा गोल गर्ने उच्च दक्षता प्रदर्शन गरेका अल्बिस गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए । सोमबार नै भएको पाँचौ तथा अन्तिम खेलमा दीप बोर्डिङ हाई स्कुललाई हराउँदै एभरग्रीन इङ्लिस बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ ।  

    कडा प्रतिस्पर्धाका विच एभरग्रीनले निर्णायक एक गोल गर्दै १–० को साँघुरो जित हासिल गरेको हो ।  प्रतियोगितामा रुपन्देहीका ४२ विद्यालयका खेलाडीहरुले भाग लिएका छन ।
    प्रतियोगिताको उद्घाटन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले सरकार र संघबाट हुन नसकिरहेको खेल गतिविधिलाई निजी विद्यालयको अगुवाईमा गरिनु निकै सकरात्मक रहेको बताए ।

    उनले फुटबलको विकासमा विद्यालयहरुको योगदानबारे चर्चा गर्दै उनले केही महिना अघि ७७ वटै जिल्लाका विद्यालयहरुसंग सहकार्य गरेर ग्रासरुट खेल विकासका लागि खेलकुद सामग्री वितरण गरेको बताए । यसलाई आगामी दिनमा समेत निरन्तरता दिने उनले बताए ।
    कार्यक्रममा विद्यालयका प्राचार्य शंकर भण्डारीले विद्यालय तहबाटै खेलाडी उत्पादन गरिनुपर्ने मान्यताका साथ निजि विद्यालयका तर्फबाट आफूहरुले अगुवाइ मात्रै गरेको बताए । उनले ग्रासरुटबाट खेलकुदमा आवद्ध बालबालिकाहरु युरोपमा पछि गएर अन्तराष्ट्रियस्तरसम्म पुग्ने गरेको उदाहरण दिदै उनले आफुहरुले पनि अब फुटबललाई कल्चरका रुपमा अघि बढाउने योजना सुनाए ।

    हरेक वर्ष पुरस्कार राशी र सहभागी टिम समेत बढाउने लक्ष्यसहित देशकै नमुना प्रतियोगिताका रुपमा अघि बढाउने उनले बताए । हरेक विद्यालय एउटा एउटा खेललाई महत्वका साथ अघि बढाउन सके खेलाडी उत्पादनमा सहयोग हुने उनको दाबी छ ।
    कार्यक्रममा खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले फुटबलमा उत्साह थप्ने गरि यो महत्वपूर्ण खेल गतिविधि संचालन भएको बताए ।

    भविष्यमा खेलाडी उत्पादनमा समेत यस्ता प्रतियोगिता महत्वपूर्ण हुने उनले बताए ।
    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, सिद्धार्थ केबलकारका नर बहादुर कार्की, एन्फा टेक्निकल सेन्टर बुटवलमा डाईरेक्टर बुद्धि गुरुङ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई, विद्यायका सहप्राचार्य भिम बस्नेत लगायतले सबै सरोकारवालाहरुको सहकार्यबाट नै खेल क्षेत्र विकास हुने बताए । प्रतियोगिताको मुख्य प्रायोजकमा सिद्धिबिनायक फुड्सले गरेको हो । प्रतियोगिता बुटवल देविनगर स्थित एन्फा रंगशालामा प्रत्येक दिन विहान ८ बजेदेखि हुने विद्यालयले जनाएको छ । प्रतियोगितामा विजेता हुने समूहले नगद ५१ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology