Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल लेडीज जेसीजले थाल्यो सप्ताहव्यापी कार्यक्रम

बुटवल लेडीज जेसीजले थाल्यो सप्ताहव्यापी कार्यक्रम

  • 345
    SHARES

  • बुटवल लेडीज जेसीजले थाल्यो सप्ताहव्यापी कार्यक्रम

    बुटवल ,साउन २३।

    बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी जेसीज सप्ताह–२०२६ मनाउने भएको छ।

    साउन २३ गतेदेखि ३० गतेसम्म विभिन्न रचनात्मक, सामाजिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी जेसीज सप्ताह मनाउन लागिएको हो।
     एक कार्यक्रमका बिच शनिबार जेसीज सप्ताहको उद्घाटन गर्दै नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अनुपमान सैँजूले महिला नेतृत्व विकासका लागि जेसीजले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो।

    जेसी रूपा श्रेष्ठ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष येदुमणि पोखरेल, पूर्व अध्यक्ष मोहन न्यौपाने, बुटवल महिला जेसीजका पूर्व अध्यक्ष ओमी पुनलगायतले जेसीज सप्ताहको सफलताको शुभकामना दिनुभएको थियो।IMG_7505.jpeg

    जेसीज सप्ताहअन्तर्गत साउन २३ गते जेसीज सप्ताह समुद्घाटन तथा नवआगन्तुक सदस्यहरूका लागि तालिम, साउन २४ गते फेलोसिप कार्यक्रम (श्रावण विशेष), साउन २५ गते ‘गेट बिगिन वन’ कार्यक्रम, साउन २६ गते वडा नं. ६ का महिलाहरूका लागि रजोनिवृत्ति सम्बन्धित अभिमुखीकरण, साउन २७ गते महिला डिजिटल अधिकारको संरक्षणः साइबर अपराध, साइबर कानुन र साइबर सुरक्षा सम्बन्धी कार्यक्रम, साउन २८ गते मन्दिर परिसर सरसफाइ कार्यक्रम तथा साउन २९ गते पुरस्कार वितरण तथा समापन कार्यक्रम आयोजना गरिने भएको मुल सम्योजक सुस्मा जिसीले जानकारी दिनुभयो । 
    महासचिव जेसी बिनु देवी रिजालको संचालनमा भएको कार्यक्रममा आस्था आठ भगवता बेल्बासे र मिसन भिजन अन्जु पन्थीले गर्नु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, श्रावण २३ २०८३०३:४९:२६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology