Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सेयर कारोबारी थिए विष्णु पौडेल,घरमा पनि छापा, सुर्खेतको शुभ होटलबाट पक्राउ

सेयर कारोबारी थिए विष्णु पौडेल,घरमा पनि छापा, सुर्खेतको शुभ होटलबाट पक्राउ

  • 1.7K
    SHARES

  • सेयर कारोबारी थिए विष्णु पौडेल,घरमा पनि छापा, सुर्खेतको शुभ होटलबाट पक्राउ

    काठमाडौं,असार ८ ।

    पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सेयर कारोबार गर्ने गरेको खुलेको छ । सम्पत्ति शुद्धीकरण विभागको टोलीले सोमबार उनको घरमा छापा मार्दा उनले सेयर कारोबार गर्ने गरेको खुलेको स्रोतको दाबी छ । 

    पौडेललाई प्रहरीले पक्राउ गर्नुअघि उनको ललितपुर भैंसेपाटीमा रहेको घरमा छापा मारेको स्रोतले जनाएको छ ।

    विभाग स्रोतका अनुसार पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो । उनलाई सुर्खेतको शुभ होटलबाट उनलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख जयराज सापकोटाले जानकारी दिए ।

    सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology