Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

  • 843
    SHARES

  • एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    काठमाडौ,असार ८ ।

    नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ ।

    पौडेललाई विभागको पत्र पछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं डिआइजी जयराज सापकोटाले जानकारी दिए। ‘सम्पत्ति शुद्धीकरणको कसुरमा  का लागि विभागले पत्र पठाएको थियो। त्यही पत्र पछि हामीले राखेका छौं,’ उनले भने। उनी सुर्खेतस्थित एक होटलबाट साँझ साढे ५ बजेतिर पक्राउ परेका हुन्।

    पक्राउ परेका पौडेललाई बाँकेको नेपालगंजतर्फ लगिएको छ। त्यहाँबाट संभव भएसम्म प्लेनमार्फत् आजै बेलुकी काठमाडौं लगिने भएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology