Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलका युवा व्यवसायी जगत बहादुर पोख्रेल इप्पानको केन्द्रीय सदस्यमा निर्वाचित

बुटवलका युवा व्यवसायी जगत बहादुर पोख्रेल इप्पानको केन्द्रीय सदस्यमा निर्वाचित

  • 996
    SHARES

  • बुटवलका युवा व्यवसायी जगत बहादुर पोख्रेल इप्पानको केन्द्रीय सदस्यमा निर्वाचित

    बुटवल,जेठ ३० ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानको केन्द्रीय सदस्यमा बुटवलमा युवा उर्जा व्यवसायी जगत पोख्रेल निर्वाचित हुनुभएको छ । पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको हो ।

    उहाँ यसअघि इप्पानकै गण्डकी प्रदेश संयोजक समेत हुनुहुन्थ्यो । 
    अहिले काठमाडौमै रहेका उर्जा क्षेत्रमा क्रियाशिल पोख्रेलको नेतृत्वमा पाँच ओटा जलविद्युत परियोजनाको काम भइरहेको छ । उहाँल बज्र इनर्जि भेन्चर्स, नमोबुद्ध हाईड्रोपावर, खप्तड पावर र श्रेष्ठ इनर्जी सोलुसनको अध्यक्ष हुनुहुन्छ भने भिजन लुम्बिनी उर्जा कम्पनी, भिजन लुम्बिनी कम्पनी लिमिटेड, आरम्भ चौतारी लघुवित्त, माइक्रोफाईनान्स एसोसिएसन, ट्रष्ट माईक्रोइन्सुरेन्स लगायतका संस्थापक अध्यक्ष हुनुहुन्छ । 
    नेपालको उर्जा क्षेत्रमा उहाँलाई मितव्ययी र पारदर्शी तारिकाले जलविद्युत आयोजना निर्माण गर्ने युवा व्यवसायीको रुपमा चिन्ने गरिन्छ ।

    इप्पानको विधान अनुसार नयाँ कार्यसमितिको अध्यक्षमा भने मोहनकुमार डाँगी स्वतः निर्वाचित हुनु भएको छ । बरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्षमा निर्वाचित हुने विधान भएकाले उहाँ स्वतः अध्यक्षमा निर्वाचित हुनु भएको हो । नयाँ वरिष्ठ उपाध्यक्षमा भने उत्तम भ्लोन लामा सर्वसम्मत चयन हुनु भएको छ । इम्पानको अन्य पदहरुमा पनि नयाँ पदधिकारी निर्वाचित हुनुभएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology