Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुख्यमन्त्रीको निर्देशनपछि लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्रीको निर्देशनपछि लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

  • 483
    SHARES

  • मुख्यमन्त्रीको निर्देशनपछि लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

    बुटवल,जेठ २० ।

    लुम्बिनी प्रदेश सरकारका एमालेबाट मन्त्री रहेका चार जनाले सामुहिक राजीनामा दिएका छन् ।मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।

    सरकार पुनर्गठन गर्न एमालेले आफ्ना मन्त्रीलाई राजीनामा गराएको बताइएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान लिएका बेला एमालेले मन्त्रीहरुको राजीनामा गराएको छ ।  

    एमालेबाट सरकारमा सहभागी भएका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा दिएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology