बुटवल, जेठ ३ ।
बुटवल – ११ नहरपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ इङ्लिस स्कुलले भर्खरै प्रकाशित भएको एसईई – २०८२ को नतिजामा उत्कृष्ट जीपीएसहित उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ ।
विद्यालयबाट उत्कृष्ट ३.९६ जीपीए ल्याउने विद्यार्थी चिरन भुसालसहितका विद्यार्थी तथा अभिभावकहरुलाई विद्यालयका प्राचार्य तोेयाराम पौडेलले सम्मान गरेका हुन् ।
विद्यालयका प्राचार्य पौडेलले विद्यार्थी र शिक्षकको कडा मेहनत, परिश्रम एवं अभिभावकको विद्यालयप्रतिको विश्वास र गुणस्तरीय तथा संस्कारसहितको शिक्षाले गर्दा विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।
उनले विद्यालयको उन्नति र प्रगतिमा साथ र सहयोग गर्ने सबै महानुभावहरुमा समेत हार्दिक आभार व्यक्त गरे ।
विद्यालयका सहप्राचार्य भिम बहादुर बस्नेतले २०६२ सालमा स्थापित ज्ञानपुञ्जले २०६७ सालमा पहिलो ब्याचका विद्यार्थीले एसएलसी दिएको स्मरण गर्दै २०८२ सालमा आईपुग्दा १७ औं ब्याचका विद्यार्थीको सफलता सबैले देख्न पाएको बताउँदै शुभकामना व्यक्त गरे ।
त्यस्तैगरी कक्षा ११ र १२ मा होटेल म्यानेजमेण्ट, टुरिजम एण्ड माउण्टरिङ्ग र कम्प्युटर साइन्सलगायत विषयसंगै अतिरिक्त क्रियाकलापमा समेत सफलता प्राप्त गर्दै आएको विद्यालयका इसिए संयोजक तथा नेपाली विषयका विभागीय प्रमुख हरिप्रसाद भट्टराईले बताए ।
त्यस्तैगरी विद्यालयका एकाडेमिक चिफ घनश्याम पन्थीले बोल्दै एसईई नतिजा विद्यार्थीहरुको उच्च शिक्षाको लागि ख्ड्किलो भएको बताउँदै निरन्तरको मेहनतले सफलता प्राप्त हुने भएकोले विद्यार्थीले पढाईमा ध्यान दिनुपर्ने बेला आएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)