बुटवल,जेठ १ ।
भारतमा इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै हब इन्टरनेशनल एजुकेशन बुटवलमा ‘इन्डिया बि टेक एक्स्पो’ आयोजना हुने भएको छ। हब इन्टरनेशनल एजुकेशनको आयोजनामा हुन लागेको उक्त एक्सपोमा भारतका विभिन्न १६ वटा विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ।
कार्यक्रममार्फत विद्यार्थी तथा अभिभावकले B.Tech अध्ययनका अवसर, विश्वविद्यालय छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति, शुल्क संरचना, आवास सुविधा तथा करियर सम्भावनाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। आयोजकका अनुसार विद्यार्थीहरूले एउटै स्थानमा विभिन्न विश्वविद्यालयका आधिकारिक प्रतिनिधिसँग भेटेर आफ्नो शैक्षिक योजना सम्बन्धी आवश्यक परामर्श प्राप्त गर्न सक्नेछन्।
एक्सपोमा B.Tech तथा इन्जिनियरिङ अध्ययनका लागि उपलब्ध कोर्स, प्रवेश प्रक्रिया, आवश्यक योग्यता, छात्रवृत्ति तथा भारतमा अध्ययन गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी गराइनेछ। नेपालका विद्यार्थीहरूका लागि भारतमा इन्जिनियरिङ अध्ययनका सम्भावना र अवसरबारे स्पष्ट मार्गदर्शन प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रम जेठ ०२ गते शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बुटवल मिलनचोकस्थित Hub Building मा आयोजना हुने हवका संचालक अशोक पराजुलीले नागरिक अनलाइनलाइ जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)