Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको कालिका मानवज्ञान सामुदायिकमा लुम्बिनी प्रथम

बुटवलको कालिका मानवज्ञान सामुदायिकमा लुम्बिनी प्रथम

  • 999
    SHARES

  • बुटवलको कालिका मानवज्ञान सामुदायिकमा लुम्बिनी प्रथम

    बुटवल,  बैशाख २९ । 
    कालिका मानवज्ञान मावि लुम्बिनी प्रदेशमा प्रथम भएको छ । मंगलबार साझा राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशन भएको एईईपरीक्षाको नतिजमा  सामुदायीक विद्यालय तर्फ कालिका मानवज्ञान मावि बाट ४ जीपीए ल्याउने विद्यार्थीको संख्या नेपालभारबाट दोस्रो र लुम्बिनी प्रदेशमा  प्रथम भएको हो ।

    विद्यार्थीबाट सहभगाी मध्ये ६  जनाले ४ जिपीए ल्याएका छन् ।  विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार जुन संख्या लुम्बिनी प्रदेशमा सामुदायीक विद्यालयतर्फ सबैभन्दा प्रथम हो भने नेपालमै नारायणी मावि पछि दोस्रो स्थान  कालिका मानवज्ञान मावि रहेको छ । 
     बुटवल उपमहानरपालिका वडा नम्बर १० कालिका नगरमा रहेको कालिका मानवज्ञानका विद्यार्थी स्वता लम्साल, रोशनी भट्राई, प्रतिमा भट्राई, लविज खनाल, सुयोग सापकोटा र अमिस ज्ञवालीले ४ जीपीए ल्याएका हुन । 
     राष्ट्रिय परीक्षा बोर्ड बाट प्रकाशित माध्यमिक शिक्षा परीक्षा २०८२ मा ३.६ देखि ३.९८ जिपीए ल्याउने विद्यार्थी संख्या १५८ जना रहेका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार ३.२  देखि ३.५९ जिपीए ल्याउने विद्यार्थी संख्या १  सय ८७ जना रहेका छन् । भने विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थी १ सय ३२ जनाले २.८ देखि ३.१९ जीपीए ल्याएका छन् । यस्तै  ३४ जनाले २.४ देखि २.७९ जिपीए ल्याएका  छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, बैशाख २९ २०८३०९:३२:०८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology