Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्घाखाँचीको पाणिनी कुडेलेमा बस दुर्घटना,२ जनाको मृत्यु

अर्घाखाँचीको पाणिनी कुडेलेमा बस दुर्घटना,२ जनाको मृत्यु

  • 459
    SHARES

  • अर्घाखाँचीको पाणिनी कुडेलेमा बस दुर्घटना,२ जनाको मृत्यु

    बुटवल,बैसाख २९ ।

    अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

    मंगलबार ध १ ख ५०४ नम्बरको रिजर्भ बस दुर्घटनामा परेको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए ।

    उनका अनुसार पर्वतबाट सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेको यात्रु सवार बस दुर्घटनामा परेको हो । करिब ३० जना सवार बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिसन अस्पताल पाल्पा पठाइएको छ । प्रहरीले घाइतेहरूको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology