बुटवल,बैसाख २० ।
रूपन्देहीको तिलोत्तमा भलवारीमा रहेको लुम्बिनी इन्जिनियरिङ कलेजमा जव फेयर सम्पन्न भएको छ।
उक्त जव फेयरमा १८ वटा विभिन्न कम्पनीहरूले सहभागिता जनाएका थिए भने १७४ जना विद्यार्थीहरूले प्रत्यक्ष सहभागी भई आफ्नोक्षमता र अवसर प्रदर्शन गरेका थिए।
सहभागी कम्पनीहरूमा सिमेन्ट उद्योग, नेटवर्किङ कम्पनी, एडिबिका प्रोजेक्ट, केवलकार, लिटमस, विभिन्नउद्योग, सफ्टवेयर कम्पनी, पञ्चकन्या स्टिल लगायतका क्षेत्रका प्रतिष्ठित संस्थाहरू रहेका थिए।
यो जव फेयरले इन्जिनियरिङका विद्यार्थीहरूलाई रोजगारीको अवसरसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण प्लेटफर्म प्रदानगरेको छ।
विद्यार्थीहरूले आफ्ना क्षमता र रूचि प्रस्तुत गर्नुका साथै कम्पनीका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरी करियरसम्बन्धी जानकारी प्राप्त गरेका थिए। कलेज प्रशासनले यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नेयोजना रहेको जनाएको छ।
यो जब फेयरले स्थानीय स्तरमा इन्जिनियरिङ शिक्षालाई व्यावहारिक र रोजगारमुखी बनाउन थप टेवा पुर्याउनेअपेक्षा गरिएको कलेजका प्रिन्सिपल डा. एल.एन. पाण्डेले बताउनुभयो ।
इन्जिनियरिङ शिक्षा विकासको मुख्य आधारका साथै प्रविधि, पूर्वाधार र नवप्रवर्तनको क्षेत्रमा इन्जिनियरिङशिक्षाले देशको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको कलेजका डाइरेक्टर डा. के.एन. पाण्डेले बताउनुभयो ।
जव फेयरले आफूहरूलाइ निकै फाइदा पुर्याएको कलेजमै विभिन्न फ्याकेल्टिमा अध्ययनरत अन्तिम सेमेस्टरका बिद्यार्थीहरूले बताएका छन् ।
एडिबिका प्रोजेक्ट डेपुटी इन्चार्ज त्रिभुवन श्रेष्ठले यसप्रकारको कार्यक्रमले विद्यार्थीलाई नविनतम ज्ञान र बजारको डिमाण्डको बारेमा सहि जानकारी हुने बताउनुभयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)