Logo बिहिवार, आश्विन १ गते २०८३
images

हावाहुरीले कञ्चनमा रहेको नालन्दा बुद्ध बिहार पल्टायो

हावाहुरीले कञ्चनमा रहेको नालन्दा बुद्ध बिहार पल्टायो

  • 465
    SHARES

  • हावाहुरीले कञ्चनमा रहेको नालन्दा बुद्ध बिहार पल्टायो

    जगिलाल थापा/ कंचन,बैशाख १९ ।

    हावाहुरी रुपन्देहीको कञ्चनमा रहेको नालान्द बुद्ध विहार ध्वस्त बनाएको छ।

    प्रस्तावित नालान्द विहारको रुपमा बाँसले निर्माण गरिएको उक्त विहारलाई पूर्ण रुपमा ध्वस्त बनाएको हो।बैशाख १६ गते बुधवार आएको हावाहुरीको रुपमा एक्कासी आएको हावाले विहारलाई ध्वस्त बनाएपछि विहारको पुनःनिर्माणबारे स्थानीयहरुको चासो र चिन्ता बढेको छ।

    बौद्ध पाठशालाको रुपमा बिकास गरी शान्तिको अग्रदुतको रुपमा विश्व चर्चित गौतमबुद्धको जन्मस्थान लुम्बिनी आएका बौद्धमागीहरुका लागि ध्यान गर्ने केन्द्रको रुपमा समेत बिकास गर्ने उद्दश्यका साथ निर्माण गर्न लागिएको उक्त विहारको स्थापना २०७६ मा गरिएको थियो।
    नालान्द बुद्ध विहार व्यबस्थापन समितिका सचिव भैर बहादुर थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत "प्राकृतिक दैवीप्रकोपबाट भएको यो क्षति तथा यसको पुनर्स्थापना के कसरी गर्न सकिन्छ ? यस विषयमा सरोकारवाला सबैले आआफ्नो ठाउँबाट मनन् गरिदिनुहोला ।" भन्दै स्टाटस राख्नु भएको छ। हावाका कारण छरपस्ट भएका जस्तापाता, बाँस लगायतका सामानहरु एकत्रित रुपमा संकलन गर्ने कार्यमा सहभागी भई सहयोग जुटाउन उक्त विहारको पुनःनिर्माणका लागि हिजो बिहीवार क्षतिग्रस्त विहार परिसरमा स्थानीय आमा समूह, युवा क्लब तथा सरोकारवालासंग छलफल भएको विहार व्यबस्थापन समितिका सचिव थापा मगरले जानकारी दिनु भएको छ। सोही छलफल र सल्लाह बमोजिम आज स्थानीय आमा समूह, युवा क्लब, हरैया, झारगैरा, बागेश्वरी टोल, पिपरीचापाबाट जनश्रमदान गरी हावाहुरीले उडाएका जस्तापात, बाँस तथा अन्य सामग्रीहरु संकलन गरी एकतृत गरिएको छ।

    उक्त विहारमा नेपालका विभिन्न बौद्ध विहार सहित थाइल्याण्ड, भुटान, श्रीलंका, भारत, चिन विभिन्न देशका बौद्धधर्मावलम्वी ध्यान तथा पुजापाठका लागि आउने गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, बैशाख १९ २०८३०८:४९:११

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology