Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुद्ध जयन्तीमा लुम्बिनीमा रूद्रगणको सक्रियता

बुद्ध जयन्तीमा लुम्बिनीमा रूद्रगणको सक्रियता

  • 876
    SHARES

  • बुद्ध जयन्तीमा लुम्बिनीमा रूद्रगणको सक्रियता

    बुटवल,बैसाख १८ ।

    नेपाली सेनाको रुद्र गणले बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा स्वयंसेवकका रूपमा सक्रिय भूमिका निर्वाह गरेको छ।

    कार्यक्रमलाई सहज, व्यवस्थित तथा सफल बनाउन रुद्र गणका सदस्यहरू व्यवस्थापन, भीड नियन्त्रण, आगन्तुकलाई सहजीकरण तथा आवश्यक समन्वयमा खटिएका थिए। ठूलो संख्यामा सहभागीको उपस्थितिबीच कार्यक्रमलाई व्यवस्थित बनाउन स्वयंसेवक टोलीको भूमिका महत्वपूर्ण रहेको जनाइएको छ ।

    धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बुद्ध जयन्ती समारोहमा रुद्र गणको सक्रिय सहभागिताले सेवाभाव, अनुशासन र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, बैशाख १८ २०८३१०:००:१०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology