Logo बिहिवार, आश्विन १ गते २०८३
images

थापाथलीस्थित सुकुम्वासीहरूले आफ्ना सामानहरू सार्न शुरु गरे

थापाथलीस्थित सुकुम्वासीहरूले आफ्ना सामानहरू सार्न शुरु गरे

  • 417
    SHARES

  • थापाथलीस्थित सुकुम्वासीहरूले आफ्ना सामानहरू सार्न शुरु गरे

    काठमाडौं,बैसाख ११ ।

    सरकारले शुक्रवार साँझसम्म बस्ती खाली गर्न निर्देश दिएसँगै थापाथलीस्थित सुकुम्वासीहरूले आफ्ना अमूल्य सामानहरू सार्न शुरु गरेका छन् ।


    वर्षौंदेखि बसेको झुपडी, जोगाएर राखिएका साना–साना खुशीका पाटाहरू र नानीबाबुहरूको भविष्य, सबै एउटै सानो झोलामा अटाउन खोज्दा त्यहाँको परिदृश्य अत्यन्तै हृदयविदारक देखिएको छ । कोही आफ्नो च्यातिएको ओछ्यान मिलाउँदै छन् भने कोही अब कहाँ जाने भनेर चिन्तामा छन् ।


    उनीहरु भन्दैछन् की हामीलाई गरिब हुनुको सजाय दिइँदैछ कि अर्कै केही ? मानिसहरू हतार–हतार आफ्ना जस्तापाता, काठका फल्याक र किचनका भाँडाकुँडा ट्याक्टर र रिक्साहरूमा लोड गरिरहेका छन् । कतिपयले त आफ्नो घर आफैँले भत्काउन शुरु गरेका छन्, मानौँ उनीहरू आफ्नो पुरानो पहिचानलाई आफैँ मेट्न बाध्य छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology