Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल १ का वडा सदस्य अशोक राईले वडाबासीका लागि निःशुल्क एम्बुलेन्स सेवा शुरु गरे

बुटवल १ का वडा सदस्य अशोक राईले वडाबासीका लागि निःशुल्क एम्बुलेन्स सेवा शुरु गरे

  • 1.6K
    SHARES

  • बुटवल १ का वडा सदस्य अशोक राईले वडाबासीका लागि निःशुल्क एम्बुलेन्स सेवा शुरु गरे

    बुटवल, बैशाख ५।

    बुटवलका अशोक राई सानैदेखि सामाजिक काममा रूची देखाउथे । उनले समाजसेवा कारण आफनो छुट्टै पहिचान समेत बनाएका छन । बुटवलमै हुर्केका, बुटवलमै कर्मथलो बनाएका राई युवाहरुमाझ परिचित नाम हो ।

    नियमित रक्तदान गर्दै आएका राई खेलकुदमा पनि आवद्ध छन । युवा समुह, टोल विकास संस्थामा रहदा समाज बुझेका उनि प्रत्येक घरघरमा पुग्थे । टोलको विकासमा सबैलाई समेटेर योजना बनाउने उनको बानी नै सबैलाई प्यारो लाग्थ्यो । उनले क्याम्पसमा अध्ययन गर्दा समेत सहयोग अभियान चलाउदथे ।

    स्थानिय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिका वडा नं १ मा वडासदस्यमा निर्वाचित भएका अशोक राईलाई अझ आफनो काम गर्न सहज भएको बताउछन । ‘अहिले म अझ परिपक्क रुपमा समाजसेवामा अग्रसर भएको छु ।’– उनले नागरिक अनलाइनसंग भने । उनले बुटवलमा माबिमा अध्ययरत एक विद्यार्थीको सम्पूर्ण खर्च ब्यहोर्ने गरि अभिभावकत्व समेत लिएका छन ।

    यसैबिच शुक्रबार उनले वडा भित्रका ज्येष्ठ नागरिक, गर्भवती महिला तथा शारीरिक रूपमा अशक्त बालबालिकालाई लक्षित गरि निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेका छन । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको उनी बताउछन ।

    आपतकालिन अवस्थामा अस्पतालसम्म पुग्न समस्या भोग्दै आएका नागरिकहरूका लागि यो पहल प्रभावकारी बन्ने उनको दाबी छ । राईले वडाबाट प्राप्त हुने सेवा–सुविधालाई व्यक्तिगत रूपमा उपभोग नगरी बालबालिका तथा विद्यार्थीहरूको हितमा खर्च गर्दै आएका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology