Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

भ्यालेन्टाईन–डे मा भैरहवामा ब्रदरहुडको सांस्कृतिक कार्यक्रम

भ्यालेन्टाईन–डे मा भैरहवामा ब्रदरहुडको सांस्कृतिक कार्यक्रम

  • 5.4K
    SHARES

  • भ्यालेन्टाईन–डे मा भैरहवामा ब्रदरहुडको सांस्कृतिक कार्यक्रम

    बुटवल,माघ २९-  

    प्रणय दिवस (भ्यालेन्टाईन–डे) को अवसर पारेर भैरहवामा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ब्रदरहुड इभेन्ट म्यानेजमेन्ट ग्रुपको आयोजनामा लाईभ–इन भैरहवा पाँच पचपन्न एण्ड उर्गेन मोक्तान कार्यक्रम हुने भएको हो ।भैरहवामा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले कार्यक्रमबारे जानकारी गराएका छन् ।

    फागुन २ गते (फ्रेबुअरी १४ तारिख) भैरहवाको गणतान्त्रिक सभा गृहमा हुने कार्यक्रम परिवारसंग बसेर हेर्न मिल्ने गरी सांस्कृतिक कार्यक्रम हुने ब्रदरहुड इभेन्ट म्यानेजमेन्ट ग्रुपका अध्यक्ष ओजश शर्माले बताए ।

    उनले अहिले कोरोना त्रासबाट विस्तारै सहजतातर्फ आउँदै गर्दा मनोरन्जनको लागी कार्यक्रमको आयोजना गरिएको शर्माले बताए ।कार्यक्रममा कलाकारहरु शाहिल जामिर अली, बिरेन, रियल र, एलएसडी, अमर एण्ड बैण्ड, डिजे अमित, डान्सर वविता धितालको प्रस्तुति रहने कार्यक्रम संयोजक राहुल विष्टले जानकारी दिए ।

    कार्यक्रमको सञ्चालन दुर्गा गुरुङले गर्ने आयोजकले जनाएको छ ।१ हजार रुपैयाँ टिकट तोकिएको उक्त कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्चिने आयोजकको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology