Logo बिहिवार, आश्विन १ गते २०८३
images

डेरी ब्यवसायीको दुई दिने प्रयोगात्मक प्रशिक्षण सम्पन्न

डेरी ब्यवसायीको दुई दिने प्रयोगात्मक प्रशिक्षण सम्पन्न

  • 621
    SHARES

  • डेरी ब्यवसायीको दुई दिने प्रयोगात्मक प्रशिक्षण सम्पन्न

    बुटवल, बैशाख ५ ।

    रुपन्देही डेरी ब्यवसायी संघले आफना सदस्यहरुलाई क्षमता विकास र दुग्ध वितरणमा सुधारका लागि प्रयोगात्मक प्रशिक्षण सम्पन्न गरेको छ ।

    बुटवल उपमहानगरपालिकाको सहयोग तथा रुपन्देही डेरी ब्यवसायी समिति बुटवलको आयोजनामा विहिबारदेखि बुटवलमा डेरी उपकरण, परिक्षण, दुध ब्यवसायीहरुको जिम्मेवारी र ब्यवसायिकताका विषयमा तालिम दिईएको हो । दुई दिने कार्यक्रमको शुक्रबार बेलभरियास्थित विशेष डेरीमा सहभागीहरुलाई डेरी सुधारका प्रयोगात्मक प्रशिक्षणसंगै प्रमाणपत्र वितरण गरिएको छ ।

    कार्यक्रममा लुम्बिनी दुग्ध वितरण आयोजनाका प्राविधिक रमेश भटटराईले दुध वितरण गर्दा ध्यान दिनुपर्ने विषयबारे प्रकाश पारे । दुध मापन गर्ने भाडा, छान्ने सामग्रीको सुरक्षित प्रयोग तथा दुध, दहि, पनिर, कुल्फि बनाउने ज्ञान प्रदान गरेका थिए ।

    कार्यक्रम पश्चात सहभागी ब्यवसायीहरुलाई दुधको शुद्धता मापन गर्ने मिल्क एनेलाईजर, ल्याक्टोमिटर, थर्मामिटर लगायत सामाग्री वितरण गरिएको समितिका अध्यक्ष विष्णु पाण्डेले बताए । दुधजन्य पदार्थ संवेदशिल र मानव स्वास्थ्यसंग जोडिएको हुदा विशेष ध्यान दिन जरुरी हुने उनले बताए ।

    कार्यक्रममा विशेष डेरीका अध्यक्ष तोलाकान्त गौडल, संस्थापक अध्यक्ष अमृत भण्डारी, समितिका महासचिव याम प्रसाद शर्माले ब्यवसायीहरु ह्कहितमा संस्थाको आवश्यकताबारे प्रकाश पार्दै पछिल्लोसमय भएका प्रगति बताए । संघमा हाल ढाई सय ब्यवसायीहरु आवद्ध रहेका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology