बुटवल,बैसाख ५ ।
स्याङ्गजाली रुपन्देही परिवारले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्रेपात्रो विमोचन गरेको छ ।
अध्यक्ष टिकीसरा बस्यालको अध्यक्षतामा शनिबार भैरहवामा एक कार्यक्रमका बिच शुभकामना आदानप्रदान तथा भित्रेपात्रो विमोचन गरेको हो ।
सो अवसरमा बोल्दै अध्यक्ष बस्यालले विभिन्न पेशा व्यवसायमा रुपन्देहीमा भएता पनि आफुहरुले जन्म गाउँलाई कहिले पनि भुल्न नहुने बताइन। साथै उनले रुपन्देहीमा बसोबास गर्ने सबै स्याङ्गजालीहरु सम्पर्क समाजमा गोलबद्ध हुन आग्रह गरिन् ।
कार्यक्रममा गलेङ् रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष सुनिल खड्का, बुटवलका अध्यक्ष अर्जुन भण्डारी, भैरहवा क्षेत्र उपाध्यक्ष बाबुराम पाैडेल लगायतले बोल्दै सबै एक जुट भएर अघि बढ्नु पर्ने बताए । कार्यक्रममा सम्पर्क समाजका सल्लाहकार डिआर शर्माले समाजमा सबै एक भएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नयाँ वर्ष २०८३ कोअवसरमा आपसी सद्भाव, सहकार्य र शुभकामना आदान–प्रदान गरिएको थियो। स्याङ्गजामा जन्मिएका र हाल रूपन्देहीमा बसोबास गर्नेहरूको यस समाजले हरेक बर्ष रचनात्मक कार्यक्रमहरू गर्दै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)