Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सर्वोच्चले दियो कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता

सर्वोच्चले दियो कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता

  • 6.8K
    SHARES

  • सर्वोच्चले दियो कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता

    बुटवल,बैसाख ४ ।

    सर्वोच्च अदालतले कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता दिएको छ  । अब कांग्रेस विशेष महाधिवेशन अनुमोदित भएको छ ।

    शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वका कार्यसमितिको पक्षमा फैसला गरेको हो ।

    विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कमिटीलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवा र पूर्णबहादुर खड्का माघ ४ गते सर्वोच्चमा रिट लिएर पुगेका थिए ।

    रिट निवेदनमा नेपाली कांग्रेसको विधान र प्रचलित कानुन विपरीत बोलाइएको विशेष महाधिवेशन अवैध रहेको जिकिर गरिएको थियो । निवेदक देउवा र पूर्णबहादुर खड्का समेतले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल २०८२ माघ मसान्तसम्म थप गरिएको अवस्थामा बीचमै अवैध तरिकाले विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नु लोकतान्त्रिक मूल्य मान्यता र पार्टी विधानको धारा १७, २७ र ४३ विपरीत रहेको दाबी गरेका थिए ।

    निर्वाचन आयोगले पार्टी विधान र राजनीतिक दलसम्बन्धी ऐनको बेवास्ता गर्दै अवैध समितिलाई आधिकारिकता दिएको भन्दै आयोगको माघ २ गतेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको थियो ।

    आयोगले ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर प्रमाणीकरण नगरी र सुनुवाइको मौका समेत नदिई एकपक्षीय रूपमा विवरण अद्यावधिक गरिदिएको रिटमा उल्लेख थियो । देउवा पक्षले आफूहरू नै कांग्रेसको वैध पदाधिकारी रहेको दाबी गर्दै आयोगको निर्णय कार्यान्वयन नगर्न र गगन थापा नेतृत्वको समितिलाई कुनै पनि काम कारबाही गर्न नदिन अन्तरिम आदेशको समेत माग गरेपनि अदालतले यसअघि नै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

    त्यससँगै माघ ६ गते गगन थापाको हस्ताक्षरमा कांग्रेसका उम्मेदवारले निर्वाचनमा मनोनयन दर्ता गराएको थियो । देउवा पक्षको असहमतिका बिच कांग्रेसको पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology