Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बँदेलको आशङ्कामा गोली हान्दा किशोरको मृत्यु

बँदेलको आशङ्कामा गोली हान्दा किशोरको मृत्यु

  • 492
    SHARES

  • बँदेलको आशङ्कामा गोली हान्दा किशोरको मृत्यु

    प्यूठान, वैशाख २ ।

    चैत २९ गते राती करीव साढे ३ घण्टा पैदल हिँडेर केटी साथी भेट्न पुगेका थिए सुशिल परियार । १९ वर्षीय सुशिल प्यूठानको नौबहिनी गाउँपालिका ४ खवाङदेखी हिडेर गौमुखी गाउँपालिका ४ वाग्लिवाङ पुगेका थिए ।

    एक जना केटा साथी लिएर जुपाल सामुदायिक वनमा पुगेका सुशिलको भरुवा बन्दुकको गोली लागेर ज्यान गएको छ । आईतबार राती करीव पौने ११ बजेको समयमा जंगलमा बसिरहेका शुसिल सहित ४ जनामध्ये सुशिल र एक बालिकालाई भरुवा बन्दुको गोली लागेको थियो । गम्भीर घाइते सुशिलको उपचारको क्रममा लुम्बिनी सिटी अस्पताल बुटवलमा मृत्यु भएको छ भने बालिका खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

    घटनाबारे प्रहरीले बुधबार पत्रकार भेटघाट गरेर जानकारी दिँदै घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । शिकार खेल्न गएका चार जना व्यक्तिले बँदेलको आशंका मानेर भरुवा बन्दुक हानेको प्रहरीले जनाएको छ । 

    घटनामा संलग्न भएको आरोपमा प्रहरीले गौमुखी गाउँपालिका ४ खलावाङका २७ वर्षीय विक्रम केसी, उनको भाई विश्वास केसी, १९ वर्षीय रवि केसी र एक जना बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।

    प्रहरीले घटनाको अनुसन्धानका क्रममा २ नाल भरुवा बन्दुक समेत बरामद गरेको जनाएको छ । नियन्त्रणमा रहेका व्यक्तिहरुको अदालतबाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, बैशाख २ २०८३१०:२९:४१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology