Logo मंगलवार, श्रावण १२ गते २०८३
images

हङकङमा रहेका देउवा र आरजुविरुद्ध ‘रेड नोटिस’ जारी गर्ने तयारी

हङकङमा रहेका देउवा र आरजुविरुद्ध ‘रेड नोटिस’ जारी गर्ने तयारी

  • 513
    SHARES

  • हङकङमा रहेका देउवा र आरजुविरुद्ध ‘रेड नोटिस’ जारी गर्ने तयारी

    काठमाडौँ,चैत २५ ।
    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढेको छ। 

    सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट मंगलबार पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले त्यसको तयारी गरेको हो। सम्पत्ति शुद्धीकरण विभागको मागअनुसार देउवा दम्पतीविरुद्ध न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ अनुमति दिएको हो। देउवा दम्पती हाल हङकङमा छन्। 

    उपचारका लागि सुरुमा सिंगापुर गएका देउवा र सुरुमा दिल्ली पुगेकी आरजु त्यसपछि हङकङ गएका थिए। भदौ २४ गते जेनजी आन्दोलनको बेला उनीहरुको घरमा नगद जलेको थियो। ठूलो मात्रामा गरगहना पनि फेला परेको थियो। यी विषयमा जेनजी आन्दोलनलगत्तै विभागले अनुसन्धान अगाडि बढाएको थियो।

    अब विभागको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ। रेडनोटिस जारी भए इन्टरपोलमा आबद्ध देशका प्रहरीले पक्राउ गर्न सहयोग गर्नेछन्।

    सम्पत्ति शुद्धीकरणको कसुरमा पहिलेबाटै अनुसन्धान भइरहेको बताएका विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले रेड नोटिस लगायत अन्य अनुसन्धानका विषयमा भने बोल्न नमिल्ने बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology