Logo बिहिवार, आश्विन १ गते २०८३
images

थोर्गा रुपन्देही सम्पर्क समाजको भित्तेपात्रो विमोचन

थोर्गा रुपन्देही सम्पर्क समाजको भित्तेपात्रो विमोचन

  • 1.1K
    SHARES

  • थोर्गा रुपन्देही सम्पर्क समाजको भित्तेपात्रो विमोचन

    बुटवल,चैत २५ ।

    थोर्गा रुपन्देही सम्पर्क समाजले नयांबर्ष विस २०८३ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। शंकरनगरमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष षडानन्द पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकारहरु रामप्रसाद पोख्रेल मिनप्रसाद पोख्रेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।IMG_9630.jpeg

    कार्यक्रममा केशवराज ज्ञवाली, पयेक समाजका अध्यक्ष लक्ष्मीप्रसाद ज्ञवाली, बसन्तपोखरी समाजका अध्यक्ष ईश्वरी ज्ञवाली तथा पामिर बोर्डिङ्ग स्कुलका प्रिन्सिपल गोपाल गौतमको लगायतले शुभकामना मन्तब्य दिएका थिए ।कार्यक्रमको सञ्चालन समाजका सचिव लक्ष्मण गौतमले गरेका थिए।

    कार्यक्रममा नयाँ वर्ष २०८३ कोअवसरमा आपसी सद्भाव, सहकार्य शुभकामना आदानप्रदान गरिएको थियो।गुल्मी थोर्गामा जन्मिएका र हाल रूपन्देहीमा बसोबास गर्नेहरूको यस समाजले हरेक बर्ष रचनात्मक कार्यक्रमहरू गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology