Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बश्याल वंश समाज नेपालको महाधिवेशनबाट पुनः रामप्रसाद बने अध्यक्ष

बश्याल वंश समाज नेपालको महाधिवेशनबाट पुनः रामप्रसाद बने अध्यक्ष

  • 621
    SHARES

  • बश्याल वंश समाज नेपालको महाधिवेशनबाट पुनः रामप्रसाद बने अध्यक्ष

    बुटवल,चैत १७ ।

    बश्याल वंश समाज नेपालको ३० औँ वार्षिक साधारणसभा तथा स्थापना दिवस एवं आठौँ महाधिवेशन सोमबार सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ पर्सहवास्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको साधारणसभा तथा महाधिवेशनले पुनः रामप्रसाद बश्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

    केन्द्रिय समितिको बरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद बश्याल, उपाध्यक्षद्वय होमराज बश्याल र विष्णुप्रसाद बश्याल, महासचिवमा जीवलाल बश्याल, कोषाध्यक्षमा होमकान्त बश्याल (शंकर), सचिवमा टिकिसरा बश्याल, सह–सचिवमा शेषनारायण बश्याल र सह–कोषाध्यक्षमा चेतप्रसाद बश्याल निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामप्रसाद बश्यालले जानकारी दिए ।
    यस्तैगरी सदस्यहरुमा बैकुन्ठप्रसाद बश्याल, भिमप्रसाद बश्याल, कमला बश्याल, तिलकप्रसाद बश्याल, हुमप्रसाद बश्याल, गोविन्दप्रसाद बश्याल, हरिदत्त बश्याल, लक्ष्मण बश्याल, यज्ञप्रसाद बश्याल र दयाराम बश्याल चयन भएको निर्वाचन समितिका सदस्य अधिवक्ता नगेन्द्र बश्यालले बताए । कार्यक्रममा बोल्दै बरिष्ठ सल्लाहकार कौशलराज बश्यालले बश्याल बन्धुहरू देशका जुनसुकै ठाउँमा रहेपनि संगठित भएर अघि बढ्नुपर्ने बताए ।

    कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले बन्धुहरूबिच आपसी भाइचारा अभिवृद्धि गर्दै राष्ट्रिय हितका साथै सबैको कल्याण, उन्नति र प्रगतिमा समाजले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
    लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा नेपाल सरकारका पूर्वसचिव हरिप्रसाद बश्यालले समाजको गठनले समग्र बश्यालहरुको पुस्ताको जानकारीसँगै एक आपसमा सुख, दुख साटासाट गर्नुका साथै सहयोगी भावनाको विकास गर्ने हुँदा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए । साथै उनले समाजको केन्द्रीय कार्यालय भवन निर्माण सम्पन्न गर्न आबश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए ।bp.jpg

    यस्तै, समाजका केन्द्रिय अध्यक्ष रामप्रसाद बश्यालले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । देशका विभिन्न भागमा छरिएर रहेका बश्याल बन्धुहरुलाई एउटै छानामुनि समेटेर भाइचाराको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्य अनुरुप समाज गठन भएको अध्यक्ष बस्यालले बताए ।


    विभिन्न सामाजिक कार्यसँगै बन्धुहरुलाई एकताबद्ध गर्ने कार्यमा समाज निरन्तर रुपमा लागेको उनको भनाइ थियो । सााथै अध्यक्ष बश्यालले तिलोत्तमामा निर्माणधिन अवस्थामा रहेको समाजको केन्द्रीय कार्यालय भवनको पहिलो चरणको काम आगामी एक वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको बताउँदै त्यसका लागि एकजुट हुन आग्रहसमेत गरे । उनका अनुसार पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा एसी जडान, बगैचा निर्माण, टायल, फर्निचर, खोलाको तटबन्धन लगायतका काम गरीनेछ ।
    ज्ञटदठााा।वउन
    कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी तथा संस्थाका सल्लाहकार रुद्रनाथ बश्याल, पूर्व महासचिव तथा सल्लाहकार धनिश्वर बश्याल, चितवन क्षेत्रीय समितिका अध्यक्ष लेखनाथ बश्याल, निभान हस्पिटलका निर्देशक डा। चन्द्रमणि बश्याल लगायतले बोल्दै समाजलाई अझै सक्रिय रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
    यस्तै कार्यक्रममा समाजका कोषाध्यक्ष होमकान्त बश्याल ९शंकर०ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिव विष्णुप्रसाद बश्यालले प्रतिवेदन प्रस्तुत गर्दै बिभिन्न जिल्ला र क्षेत्रमा गरी हालसम्म १५ वटा क्षेत्रीय समिति गठन भएको बताए ।
    rp bas.jpgकार्यक्रममा समाजका विभिन्न क्षेत्रीय संयोजक तथा प्रतिनिधिसँगै विभिन्न जिल्लाका सदस्यहरुको सहभागिता रहेको थियो । २०५३ साल चैत १६ गते पाल्पाको तानसेन नगरपालिका–९ दमकडामा प्रेमनाथ बश्यालको संयोजकत्वमा बश्याल समाज गठन गरीएको थियो । समाजले तिलोत्तमा–१६ पर्सहवामा २ कठ्ठा क्षेत्रफलमा सुविधासम्पन्न दुईतले केन्द्रिय कार्यालय भवन बनाउने योजनाअनुसार भवन निर्माणको काम भइरहेको छ ।

    उक्त भवनको पहिलो तलामा ३ सय जना अट्ने सभाहल र माथिल्लो तलामा केन्द्रिय कार्यालय, क्षेत्रिय कार्यालय, बैठक हल, पूजारी कोठालगायत बन्ने छन् । २०७९ साउनमा शिलान्यास भएको भवनको पहिलो तलाको ढलाइ सम्पन्न भइसकेको छ । भने अहिले दास्रो तलाको काम भइरहेको छ । भवन निर्माणका लागि दुई करोड ५० लाख लागत अनुमान गरिएको समाजका कोषाध्यक्ष होमकान्त बश्यालले बताए ।

    निर्माणाधिन भवनको हालसम्म करिब ३५ प्रतिशत भौतिक प्रगती भएको बताउँदै उनले भवन निर्माण कार्य अघि बढिरहँदा आवश्यक रकम अभाव भएकाले दाताहरुलाई सहयोग गर्न आग्रह गरे । समाजका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद बश्यालको स्वागत तथा महासचिव विष्णुप्रसाद बश्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको प्रेस सल्लाहकार चण्डी प्रसाद बश्यालले बताए ।  समाजले हरेक वर्ष रक्तदान, आश्रममा सहयोग लगायतका सामाजिक तथा रचनात्मक काम गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology