Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

स्थापना दिवसमा पत्रकार महासंघ रुपन्देहीले दोश्रो फुटसल कप गर्ने

स्थापना दिवसमा पत्रकार महासंघ रुपन्देहीले दोश्रो फुटसल कप गर्ने

  • 1.9K
    SHARES

  • स्थापना दिवसमा पत्रकार महासंघ रुपन्देहीले दोश्रो फुटसल कप गर्ने

    बुटवल,चैत ११ ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१औं स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । 
    महासंघ रुपन्देहीले यही चैत १६ र १७ गते दोश्रो मिडिया कप फुटसल प्रतियोगिता र दोश्रो कर्पोरेट कप फुटसल प्रतियोगिताको आयोजना गरेको कार्यक्रम संयोजक सुमन श्रेष्ठले जानकारी दिए । 
    उनका अनुसार बुटवल ८ सुख्खानगर नमूनापथ स्थित एडरिक फुटसल कोर्टमा आयोजना हुने फुटसल प्रतियोगिताअन्तरगत मिडिया कप फुटसल प्रतियोगिताको पुरस्कार राशी प्रथम हुनेलाई रु. २० हजार र दोश्रो हुनेलाई १५ हजार, मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ । 
    यस्तै, कर्पोरेट कप फुटसल प्रतियोगिताको बिजेताले रु. ३० हजार र दोश्रो हुनेले २० हजार तथा मेडल, कप र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए । 
    विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र कर्पोरेट कपमा अनुशासित टीमलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । 
    फुटसल प्रतियोगिता आयोजना गर्नका लागि महासंघले सहसचिव सुमनरश्मि श्रेष्ठको संयोजकत्वमा सदस्य दिनेश श्रेष्ठ र सदस्य अनिता चौधरी सदस्य रहेको समिति बनाएको छ ।

    यस्तै, खेलमा निर्णायक तथा सहजीकरणका लागि खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, यमलाल भुसाल र स्वस्तिक श्रेष्ठ रहेको कार्यदल निर्माण गरिएको सचिव सीपी खनालले जानकारी दिए । IMG_8324.jpeg
    गत वर्ष आयोजना गरिएको फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार स्थापना गरिएको र पहिलो पुरस्कार फुटसल प्रतियोगिताको समापनको अवसरमा प्रदान गरिने सचिव खनालले बताए । 
    यस्तै, सुत्केरी पोषण तथा बालबचत खाताका लागि कोष स्थापना गरी हालसम्म ५ जनालाई सुत्केरी भत्ताबापत् जनही रु. ५ हजार तथा बालबचतवापत् जनही रु. ५ हजार प्रदान गरिसकिएको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताए । उनले यसपटक पनि फुटसल आयोजनाबाट बचत भएको रकम खेलकुद पत्रकारिता पुरस्कार कोष र सुत्केरी कोषमा जम्मा गरिने बताए । 
    यसअघि गतवर्ष भएको पहिलो संस्करणमा कर्पोरेट कपको उपाधि इन्जिनियर्स एशोशिएशन लुम्बिनीले जितेको थियो भने मिडिया कपको उपाधि ग्लोबल आवाजले जितेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, चैत्र १० २०८२०५:१९:३८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology